महावीर पुन भन्छन्- युवा नेताहरु ओली जस्तो बन्नु हुदैन

 म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचन जितेका डा. महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले देशमा देखिएको नयाँ राजनीतिक परिवर्तनका पछाडि ओलीको भूमिकासमेत रहेको बताएका छन् ।

उनले ओलीको शैली र व्यवहारका कारण युवाहरूमा असन्तुष्टि बढ्दै गएको र त्यसकै परिणामस्वरूप नयाँ आन्दोलन तथा वैकल्पिक राजनीतिक शक्तिहरू अघि आएको दाबी गरेका छन् । पुनका अनुसार यही परिस्थितिले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय हुने अवसर दिएको र युवा नेताहरूले पुराना नेतृत्वबाट पाठ सिकेर फरक शैलीमा राजनीति गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

उनले भनेका छन्- ‘उहाँको थुतुनाले गर्दा नै नेपालमा युवाहरुले शासन गर्ने मौका आएको छ । युवा नेताहरुले उहाँ जस्तो धुर्त, गफाडी र घमण्डी बन्नु हुँदै हुँदैन भनेर उहाँबाट नै पाठ सिक्नु पर्छ ।’

पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारको रुपमा जित हासिल गरेका छन् । उनलाई रास्वपाले समर्थन गरेको थियो ।

  • Related Posts

    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी…

    प्रमुख २० समाचार

    १- जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका नदी किनार तथा जोखिमयुक्त क्षेत्रका अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट एकै समयमा खाली गर्ने जानकारी दिएको छ । बुधबार सूचना जारी…

    पहिलो

    आज नरसिंह जयन्ती मनाइदै

    • April 30, 2026
    • 12 views
    आज नरसिंह जयन्ती मनाइदै

    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    • April 30, 2026
    • 10 views
    आइपिएलमा मुम्बईमाथि सनराइजर्स ६ विकेटले विजयी

    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    • April 30, 2026
    • 14 views
    अस्पतालमा पूर्व-स्वीकृति विना भिडियो खिच्न प्रतिबन्ध

    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    • April 30, 2026
    • 10 views
    सरकारले राष्ट्रपतिलाई कुन कुन अध्यादेश गरेको छ सिफारिश ?

    आजको मौसम पूर्वानुमान ?

    • April 30, 2026
    • 14 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल

    • April 30, 2026
    • 19 views
    २०८३ बैशाख १७ गते विहिबार: आजको राशिफल