प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभा कक्षमा हुने तय भएको छ ।

सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ ।

साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ ।

संघीय संसद सचिवालयले भनेको छ: 

नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा (५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम देहायको मिति, समय र स्थानमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सदस्यहरूको शपथ हुने भएकोले उक्त कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिका लागि सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरिन्छ ।

नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनुहुने सदस्यले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची – ३ को ढाँचाको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अगावै सङ्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेल mpfacilitation_section@parliament.gov.np मा उपलब्ध गराउनुहुन समेत अनुरोध गरिन्छ । साथै, सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ- आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई उल्लिखित व्यहोरा जानकारी गराइदिने व्यवस्था गर्नुहुन समेत अनुरोध गरिन्छ ।

  • Related Posts

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    विराटनगर । रास्वपा सांसद बिश्वराज पोखरेललाई स्वागत नगरेको  प्रकरणमा विद्यालयले माफी मागेको छ ।  ओखलढुंगाको खिजीदेम्बा गाँउपालिका-२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय ल अध्यक्ष टेक बहादुर बुढाथोकी र प्रधानाध्यापक सन्त बहादुर मगरले…

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसले संसद् स्थगित गरेर अध्यादेशमार्फत कानुन निर्माण गर्ने सरकारको कदमप्रति गम्भीर आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता देवराज चालीसेले विज्ञप्ति जारी गर्दै यस्तो अभ्यास लोकतान्त्रिक मूल्य, संसदीय…

    पहिलो

    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    • April 28, 2026
    • 22 views
    चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६६ खर्ब र आर्थिक वृद्धिदर ३.६८ प्रतिशत रहने प्रक्षेपण

    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    • April 28, 2026
    • 21 views
    सांसद बिश्वराज पोखरेलको मान मर्यादामा आघात पुगेको भन्दै विद्यालयले माग्यो माफी

    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

    • April 28, 2026
    • 22 views
    बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    • April 28, 2026
    • 20 views
    अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काँग्रेसको आपत्ति

    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

    • April 28, 2026
    • 24 views
    नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ