पर्सा प्रहरी द्वारा लागु औषध गाँजा सहित तीन जना भारतीय पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १६ चैत । प्रहरी चौकी, ईनर्वाले आईतबार बिहान करिब ०८:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेट बाट प्रतिवन्धित लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको नियमित चेकिङ टोलीले भारत बाट नेपाल तर्फ र नेपाल बाट भारत तर्फ आउने जाने पैदल यात्री तथा सवारी साधनहरू चेक जाँच गर्ने क्रममा वीरगञ्ज बाट रक्सौल तर्फ पैदल जाँदै गरेको व्यक्तिहरू माथि संका लागि रोकी कानूनी रितपुर्‍याई खानतलासी गर्दा उनीहरू आफ्नो शरिरको पेट तथा छातीको भागमा रातो रंगको प्लाष्टिकमा निलो रंगको डोरीले बेरी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ०७ किलो ६ सय ९२ ग्राम फेला परेकोले छ ।

बरामद लागु औषध गाँजा सहित भारततको विहार राज्य जिल्ला बेतिया कै क्रमशः थाना बगहा रतनमाला वडा नं. ३२ बस्ने वर्ष ३९ को जाबेद अन्सारी, थाना टाउन नगर, बसवरिया धुनियापट्टी वडा नं. २९ बस्ने वर्ष २४ को महमद रजिश तथा थाना टाउन नगर कै छाउनी वडा नं. ०५ बस्ने वर्ष २८ को महमद गरिबलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धि कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 57 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 123 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views