राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका कम्पनी सचिवविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका कम्पनी सचिव राजेश पोख्रेलविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार कम्पनी सचिव पदका लागि कानुन विषयमा स्नातक योग्यता आवश्यक रहे पनि पोख्रेलले सो योग्यता नहुँदा नहुँदै नियुक्ति लिएको आरोप छ । उनले नक्कली अनुभव प्रमाणपत्र पेश गरी पद हासिल गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अनुसन्धान क्रममा पोख्रेलले एक जलविद्युत कम्पनीमा वरिष्ठ अधिकृत तहमा कार्यरत रहेको भनी प्रस्तुत गरेको अनुभव प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको छ । सम्बन्धित कम्पनीले नै उनी उक्त अवधिमा कार्यरत नभएको र सो प्रमाणपत्रको कुनै अभिलेख नरहेको जनाएको थियो ।

सोही आधारमा उनले २०७३ फागुन १० गते सेवा करारमा कम्पनी सचिव पद हासिल गरेका थिए भने पछि सो नियुक्ति सञ्चालक समितिबाट अनुमोदन भएको थियो । आयोगका अनुसार उनले २०७३ फागुनदेखि २०८२ मंसिरसम्म सो पदमा रही एक करोड सात लाखभन्दा बढी रकम बराबरका सेवा सुविधा लिएका छन् ।

झुट्टा विवरण पेश गरी सार्वजनिक पद प्राप्त गरेको कार्य भ्रष्टाचारसम्बन्धी कानुन विपरीत भएको ठहर गर्दै आयोगले कैद तथा जरिवानाको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

  • Related Posts

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ स्थित डब्लु डब्लु…

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    काठमाडौं । विशेष अदालतमा दर्ता भएको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता…

    पहिलो

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 54 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 46 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 34 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 52 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 41 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 56 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य