बृहत्तर जनकपुर क्षेत्रका तत्कालीन पदाधिकारीसहित ६ जना र आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारीसहित ६ जना र एक आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत प्रक्रिया अपनाई राज्यलाई हानि पुर्‍याइएको निष्कर्ष निकालेको छ । सो प्रकरणमा तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जिविराज शर्मा ढुङ्गाना, लेखापाल सावित्री कुमारी गिरी, खरिदार मदनकुमार चौधरी सूडी र ईशिता ट्रेडर्स तथा त्यसका सञ्चालक पशुपतिनाथ पाठकलाई प्रतिवादी बनाइएको छ ।

अनुसन्धानका क्रममा प्रतिस्पर्धाविना सोझै खरिद प्रक्रिया अघि बढाइएको, आवश्यक स्पेसिफिकेसन र लागत अनुमान तयार नगरी योजना स्वीकृत गरिएको तथा कानुनी प्रक्रिया बेवास्ता गरिएको पाइएको आयोगले जनाएको छ । प्रारम्भिक रूपमा करिब ३३ लाख रुपैयाँमा खरिद सम्भव हुँदा पनि मिलेमतोमा ५५ लाखभन्दा बढी रकममा सम्झौता गरिएको उल्लेख छ ।

आयोगका अनुसार नक्कली कागजात प्रयोग गरी ईशिता ट्रेडर्समार्फत खरिद सम्झौता गरिएको र वास्तविक आपूर्ति भने विदेशी कम्पनीमार्फत गराइएको थियो। यसरी कुल ५५ लाख २ हजार ८५४ रुपैयाँ बराबरको अनियमितता भएको दाबी गरिएको छ ।

उक्त प्रकरणमा संलग्न सबैविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

  • Related Posts

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारको एक महिना आक्रोश , प्रतिशोध , अन्योल र अस्त ब्यस्तमा बितेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै…

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले संसदीय दलको नेता चयनमा भएको अस्वाभाविक ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै संसदीय दलको नेता छनोटमा भइरहेको ढिलाइ र…

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 28 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 25 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 23 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 34 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 30 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 24 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का