अब सांसदहरु संसद भवन मा मात्र सिमित नरही जनजनको घरधुरीमा पुगी भेटघाट तथा समस्या संकलन गर्दै-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ का सांसद माननीय शुशिल कुमार कानुले आज बिहान करिब ७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २६ अन्तर्गत पर्ने अठारहाँ टोल स्थित शिव मन्दिरको प्राङ्गणमा स्थानीय जनताहरुको समस्या बुझ्न तथा प्रत्यक्ष भेट्घाट कार्यक्रम सम्पन्न गरेका छन् ।

उक्त कार्यक्रममा वडा नं. २६ का स्थानीय बासिन्दाहरूको तर्फबाट माननीय ज्यूलाई हार्दिक स्वागत, अभिनन्दन तथा धन्यवाद व्यक्त गरिएको छ ।

कार्यक्रमका क्रममा स्थानीय स्तरमा रहेका प्रमुख समस्याहरू बुन्दागत रुपमा प्रस्तुत गरिएको छ । विगत ३ वर्षभन्दा बढी समय देखि करिब ५ सय बिघा कृषि भूमि डुबानमा परेको हुँदा सो अवधिको गुठी/राजस्व मिनाहा गरिनुका साथै प्रभावित किसानहरूलाई उचित क्षतिपूर्ति प्रदान गरिनु पर्ने, साथै आवश्यक समयमा मल, बिउ तथा सिँचाइको व्यवस्था (नहरहरूको पुनः सञ्चालन) सुनिश्चित गरिनु पर्ने माग राखिएको छ ।

युवाहरूका लागि ऐलानी जग्गामा खेल मैदान, पार्क, जिम तथा अध्ययनका लागि पुस्तकालय जस्ता संरचनाहरूको उचित व्यवस्था गरिनु पर्ने माग पनि गरिएको छ ।

उक्त विषयहरूमा माननीय प्रतिनिधि सभा सदस्य सुशील कुमार कानु ले गम्भीर ध्यानाकर्षण जनाउँदै यथाशीघ्र आवश्यक पहल तथा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसरी नै सांसद कानुको आफ्नो निर्वाचन क्षेत्रमा तिब्रताका साथ स्थानिय जनताहरुको समस्या संकलनको कार्यलाई प्रभावकारी बनाउन घरदैलो मै पुगि अब सरकार संसद् मै सिमित नरही संसद् नै जनजनको घरधुरी मै रहेको उदाहरण प्रस्तुत गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ ।…

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 53 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 61 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 122 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 140 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 82 views