निर्वाचनपछि मुलुक लयमा फर्कियो- राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सफल रुपमा निर्वाचन गरेपछि मुलुक लयमा फर्किएको बताएका छन् ।

शुक्रबार संघीय संसदको दुबै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अन्तरिमको मुख्य कार्यभार चुनाव गराउनु रहेको र त्यो शान्तिपूर्णरुपमा सफल भइसकेपछि मुलुक लयमा फर्किएको बताएका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिमक सरकारले गराएको निर्वाचनबाट होनाहार युवासहितको जनप्रतिनिधि निर्वाचित भएर नयाँ सरकार गठन भई काम शुरु गरिसकेको समेत बताए ।

उनले जनताको आकांक्षा पूरा गर्न नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माणमा जोड दिदै निर्माण भएका कानुनहरूको प्रभावकारी र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहने बताए ।

राष्ट्रपतिले भने- ‘जनताको चाहाना पूरा गर्न संसदले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ । निर्माण भएको कानुनको पनि प्रभावकारी र परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिने छ भन्ने विश्वास दिलाउन चाहन्छु । न्यायपालिकाबाट छिटो, छरितो स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुन सक्यो भने मात्र परिवर्तनका लागि अमुल्य जीवन उत्सर्ग गर्ने सहीदहरुप्रति साँचो अर्थमा सम्मान हुनेछ ।’

उनले नयाँ सरकारले कार्य प्रारम्भ गरिसकेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति युवा पुस्ताको आकर्षण, विश्वास, सहभागिता र नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको उल्लेख गर्दै जनताले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै तहमा भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना चाहेको बताएका थिए । 

  • Related Posts

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । पराजुली काठमाडौँ- ७ बाट प्रत्यक्षतर्फ लगातार दोस्रो पटक निर्वाचित सांसद हुन् ।  त्यस्तै विहिबार बसेको…

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन…

    पहिलो

    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    • April 16, 2026
    • 29 views
    रास्वपाले गणेश पराजुलीलाई बनायो संसदीय दलको उपनेता

    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    • April 16, 2026
    • 22 views
    नेप्से ३३. ८३ अंकले घट्यो, ९ अर्ब ३१ करोडको कारोबार

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    • April 16, 2026
    • 24 views
    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    • April 16, 2026
    • 22 views
    संबिधानप्रति प्रतिबद्ध छौं, सरकारलाई शंका नगरौं- मन्त्री वाग्ले

    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    • April 16, 2026
    • 139 views
    संयुक्त राष्ट्र संघको सत्रमा सार्क पत्रकार मञ्चका अध्यक्ष लामाले CEPA का उपाध्यक्ष रोल्फ अल्टरलाई भेंटे-

    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    • April 16, 2026
    • 21 views
    जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ