काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ ।

महानगरअन्तर्गत रहेका संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाइएको छ । महानगरले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिने जनाएको छ । आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११: ५९ बजेसम्म तोकिएको छ ।

विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट वा entrance.kathmandu.gov.np मा अनलाइन आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जानकारी दिइएको छ ।

यसैबीच, विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ ।

  • Related Posts

    राजनीति गरे जागिर जाने सरकारको चेतावनी

    काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउने सक्ने चेतावनी दिएको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै  निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र…

    मन्त्रिपरिषद्कोले के के निर्णय गर्यो ?

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न निर्णय सार्बजनिक गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गरेको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिएका छन्…

    पहिलो

    राजनीति गरे जागिर जाने सरकारको चेतावनी

    • May 13, 2026
    • 1 views
    राजनीति गरे जागिर जाने सरकारको चेतावनी

    भेनेजुएला अमेरिकाको ५१औँ राज्य !

    • May 13, 2026
    • 30 views
    भेनेजुएला अमेरिकाको ५१औँ राज्य !

    मन्त्रिपरिषद्कोले के के निर्णय गर्यो ?

    • May 13, 2026
    • 31 views
    मन्त्रिपरिषद्कोले के के निर्णय गर्यो ?

    अध्यागमनसम्बन्धी विधेयकमा सात दिनभित्र सुझाव दिन आग्रह

    • May 13, 2026
    • 26 views
    अध्यागमनसम्बन्धी विधेयकमा सात दिनभित्र सुझाव दिन आग्रह

    काठमाडौँ महानगरमा एसइईमा ४ विद्यालयबाट शतप्रतिशत नतिजा, ७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

    • May 13, 2026
    • 23 views
    काठमाडौँ महानगरमा एसइईमा ४ विद्यालयबाट शतप्रतिशत नतिजा, ७६.७५ प्रतिशत विद्यार्थी ग्रेडेड

    काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन

    • May 13, 2026
    • 16 views
    काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन