विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् ।

उनले विजयले कम उमेरमै पूर्व अभिनेता तथा राजनीतिज्ञ एनटीआरभन्दा पनि धेरै उपलब्धि हासिल गरेको बताउदै उनले भने-  ‘मानिसलाई विजयबाट धेरै आशा छ । मलाई विश्वास छ उनले त्यो आशा पुरा गर्ने छन् । तर उनलाई पहिलो दुई बर्ष कुनै किसिमको विरोध नगरी काम गर्न दिनुपर्छ । उनका समर्थकले यो कुरा ध्यान दिनुपर्छकी उनको सम्मानमा कुनै नोक्सान नपुगोस ।’

आइतबार आयोजित पत्रकार सम्मेलनमा रजनीकान्तले सञ्चारकर्मीले अचानक विजयबारे प्रश्न सोध्दा आफू आश्चर्यचकित भएको बताएका थिए। उनले विजयप्रति आफू खुसी रहेको र कुनै ईर्ष्या नभएको स्पष्ट पारेका थिए । उनले विजयका समर्थकलाई पनि मुख्यमन्त्रीको सम्मानमा आँच पुग्ने कुनै गतिविधि नगर्न सचेत गराएका छन् ।

रजनीकान्तले सिनेमा र सामाजिक सञ्जालले ६० वर्ष पुरानो द्रविड राजनीतिमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको पनि बताएका छन् । 

तमिलगा वेत्री कडगमका अध्यक्ष सी जोसेफ विजयले गत मे १० मा तमिलनाडुको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका थिए ।

  • Related Posts

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    रास्वपाका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण भएको छ  । पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा शपथ कार्यक्रम भएको हो । शपथपछि सभापति…

    पहिलो

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    • July 1, 2026
    • 60 views
    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    • July 1, 2026
    • 72 views
    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    • July 1, 2026
    • 23 views
    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    • July 1, 2026
    • 26 views
    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    • July 1, 2026
    • 27 views
    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने