बुटवलमा भूमिहीनको प्रदर्शन

बुटवल । सरकारले सार्वजनिक जग्गा संरक्षणको नाममा वर्षौँदेखि बसोबास गर्दै आएका बस्तीमा वैकल्पिक व्यवस्था बिना डोजर चलाएर आतंक मच्चाएको आरोप लगाउँदै भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले आज बुटवलमा प्रदर्शन गरेका छन् ।

नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रुपन्देहीको आयोजनामा भएको प्रदर्शनमा ठूलो संख्यामा सहभागीहरू सडकमा उत्रिएका थिए ।

प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको थियो । त्यहाँबाट मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकसम्म पुगेपछि कार्यक्रम सभामा परिणत गरिएको समितिले जनाएको छ ।

प्रदर्शनमा भूमिहीन तथा अव्यवस्थित बसोबासीको उल्लेख्य उपस्थिति रहेका २२ भन्दा बढी जिल्लाबाट आएका मानिसहरूको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिएका थिए । प्रदर्शनका क्रममा कुनै अप्रिय घटना नहोस् भनेर प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।

आयोजकहरूले सरकारले लामो समयदेखि बसोबास गर्दै आएका बस्तीलाई वैकल्पिक व्यवस्था बिना हटाउने प्रयास गरेको भन्दै तत्काल समाधान खोज्न माग गरेका छन् ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट पक्राउ

    कञ्चनपुर  । ५४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बुटाबारी बस्ने ६० वर्षीय देव सिंह बोहरालाई प्रहरीले पक्राउ गरेको छ । देव सिंहले ती महिलालाई जबरजस्ती करणी गरेको…

    १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

    सिरहा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट करिब १९ लाख ४७ हजार बराबरको सामान र ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । गएराती सशस्त्रले सिरहाका ५० बर्षिय…

    पहिलो

    जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट पक्राउ

    • May 17, 2026
    • 20 views
    जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरबाट पक्राउ

    १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

    • May 17, 2026
    • 16 views
    १९ लाख भन्दाबढीको सामानसहितको ट्रक नियन्त्रणमा

    युद्धको असर गहिरिँदै, ७ लाख ७० हजार बालबालिका मानिसक पिडाबाट प्रभावित

    • May 17, 2026
    • 21 views
    युद्धको असर गहिरिँदै, ७ लाख ७० हजार बालबालिका मानिसक पिडाबाट प्रभावित

    अमेरिकी हमला हुनसक्ने भन्दै क्यूबामा गुरिल्ला युद्धको तयारी

    • May 17, 2026
    • 22 views
    अमेरिकी हमला हुनसक्ने भन्दै क्यूबामा गुरिल्ला युद्धको तयारी
    • May 17, 2026
    • 21 views

    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा

    • May 17, 2026
    • 25 views
    नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधा