अमेरिकामा हवाई दुई लडाकु विमान आपसमा ठोक्किए

काठमाडौँ । अमेरिकामा आयोजित एक चर्चित सैन्य हवाई प्रदर्शनीका क्रममा दुई लडाकु विमान आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ । अमेरिकी नौसेनाका दुई ईए–१८ लडाकु विमान हावामै एकआपसमा ठोक्किएपछि भीषण विस्फोट भएको थियो भने विमानमा आगलागीसमेत भएको थियो ।

यो घटना आइतबार अमेरिकाको माउन्टेन होम एयर फोर्स बेसमा आयोजित ‘गनफाइटर स्काइज एयर शो’ का क्रममा भएको हो । उक्त कार्यक्रम अमेरिकी सेनाको शक्ति प्रदर्शन र सर्वसाधारणको मनोरञ्जनका लागि आयोजना गरिएको थियो ।

प्रदर्शनीका क्रममा दुई विमान निकै नजिकबाट उडेर जोखिमपूर्ण हवाई कौशल प्रदर्शन गरिरहेका बेला अचानक नियन्त्रण गुमाएर एकआपसमा ठोक्किएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा ठक्करपछि विमानबाट चिङ्गारी निस्किएको, त्यसपछि आगोको ठूलो मुस्लो बनेर कालो धुवाँसहित तीव्र गतिमा जमिनतर्फ खसेको देखिन्छ ।

दुर्घटनाका क्रममा विमानमा रहेका सबै चालक दलका सदस्य भने सुरक्षित रहेका छन् । उनीहरूले समयमै प्यारासुटको सहायताले विमानबाट बाहिर निस्केर ज्यान जोगाएको अमेरिकी सेनाले जनाएको छ । भिडियोमा आकाशमा चारवटा प्यारासुट खुलेको समेत देखिएको थियो ।

घटनापछि माउन्टेन होम एयर फोर्स बेसलाई तत्काल बन्द गरिएको थियो । उद्धार टोली, दमकल र आपतकालीन सेवाका कर्मचारी तुरुन्त घटनास्थलमा पुगेका थिए ।

सेनाले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रारम्भिक चरणमा विमान किन ठोक्किए भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन । साथै प्यारासुटबाट हाम फाल्ने क्रममा चालक दलका सदस्य घाइते भए वा नभएकोबारे पनि आधिकारिक विवरण दिइएको छैन ।

दुर्घटनापछि बाँकी हवाई प्रदर्शनी तत्काल रद्द गरिएको थियो । माउन्टेन होम प्रहरीले स्थानीय बासिन्दालाई एयर बेस क्षेत्रतर्फ यात्रा नगर्न आग्रह गरेको छ । उद्धार तथा सुरक्षा कार्य नसकिएसम्म सर्वसाधारणलाई घटनास्थलबाट टाढा रहन भनिएको छ ।

यो सैन्य हवाई अड्डा अमेरिकाको इडाहो राज्यस्थित बोइस सहरबाट करिब ८० किलोमिटर दक्षिण–पूर्वमा पर्छ । हवाई प्रदर्शनीमा अमेरिकी वायु सेनाको चर्चित ‘थन्डरबर्ड्स’ टोलीसमेत सहभागी रहेको थियो, जसलाई कार्यक्रमको मुख्य आकर्षण मानिएको थियो ।

  • Related Posts

    न्युयोर्कको एम्पायर स्टेट भवनको चुचुरोमा पुगे प्रेमी जोडी, दुवै पक्राउ

    काठमाडौँ । अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट भवनको चुचुरोमा सुरक्षा व्यवस्था छल्दै एक प्रेमी-प्रेमिका जोडी पुगेपछि उनीहरू पक्राउ परेका छन् । दुवैले भवनको माथिल्लो भागमा पुगेर ‘जब प्रेमको शक्ति सत्ताप्रतिको…

    विश्वकप जितको उत्सव मनाउदा तीन जनाको मृत्यु

    काठमाडौँ । फिफा विश्वकप फुटबलमा इक्वेडरमाथि मेक्सिकोको ऐतिहासिक जितपछि भएको विजय उत्सवका क्रममा भीडमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीया एक युवती, ४८ वर्षीया एक…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 29 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 26 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम