अमृत झाको विषयमा परराष्ट्र मन्त्रालयको क्षमायाचना

काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका अमृत झासम्बन्धी विषयमा इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा रिहा भएको अनौपचारिक सूचना सार्वजनिक गरिएको विषयमा क्षमायाचना गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै इरानको केश्म टापुमा अवैध सामान तस्करी तथा ओसारपसारको आरोपमा पक्राउ परेका नेपाली नागरिक अमृत झासम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिदै यसअघि रिहा भएको विषय मन्त्रालयले सार्बजनिक गरको विषयमा क्षमायाचना गरेको हो । 

झा हाल इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेको मन्त्रालयले स्पष्ट गरेको छ । मन्त्रालयका अनुसार अमेरिका–इजरायल र इरानबीच २०२६ फेब्रुअरी २८ मा द्वन्द्व सुरु हुनुअघि नै सन् २०२६ जनवरीको सुरुआतमै अमृत झासहित अन्य ६ जना विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले केश्म टापुबाट नियन्त्रणमा लिएका थिए ।

परराष्ट्र मन्त्रालयले २०२६ अप्रिल १५ मा इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूत शहराम शान्तियाईले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई अमृत झा रिहा भएको जानकारी पठाएको जनाएको छ । उक्त जानकारी सम्बन्धित महाशाखामार्फत परराष्ट्र मन्त्री र सचिवलाई जानकारी गराइएको थियो ।

मन्त्रालयका अनुसार त्यतिबेला इरानको जटिल अवस्थाबीच नागरिकको अवस्थाबारे चासो बढेको र सञ्चारमाध्यम तथा परिवारबाट समेत लगातार जानकारी मागिएको अवस्थालाई ध्यानमा राख्दै अमृत झा रिहा भएको अनौपचारिक जानकारीका आधारमा मन्त्रालयले विज्ञप्ति जारी गरेको थियो । त्यसकै आधारमा परराष्ट्र मन्त्रीले पनि सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका थिए ।

मन्त्रालयले झालाई नेपाल फर्काउने प्रक्रिया अघि बढाउन दोहास्थित नेपाली दूतावासलाई रिहाइसम्बन्धी लिखित प्रमाण जुटाउन निर्देशन दिएको जनाएको छ । तर केही दिनपछि प्राप्त विवरणअनुसार अमृत झा रिहा नभएको र सम्बन्धित मुद्दामा अदालतले विज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको खुलाइएको छ ।

मन्त्रालयले पछि अमृत झाको परिवारलाई मन्त्रालयमा बोलाएर सम्पूर्ण वास्तविक अवस्था जानकारी गराइएको पनि जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो अवस्थामा विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । इरानको कानुनअनुसार अदालतले मुद्दाको टुंगो लगाउने भएकाले अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ ।

  • Related Posts

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर…

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 52 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 60 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 29 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 30 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 26 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 25 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम