काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ।

९७ वर्षको उमेरमा बुधबार प्रधानको निधन भएकाले आज सर्वोच्चको इजलास नबस्ने भएको छ ।
सर्वोच्चले सुचनामा भनेको छ- ‘ सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको मिति २०८३।०२।०६ गते भएको असामहिक निधनमा शोक प्रकट गर्न आज मिति २०८३।०२।०७ गते बिहिबारका दिन यस अदालतका इजलास सञ्चालन नहुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ








