नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

सप्तरी, ०६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा निर्मित मधेश प्रदेशको सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिकामा रहेको श्री जनता माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको बुधबार बिरगंज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवी सहाय मीना र सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

विद्यालय भवन र सम्द्ध सुविधाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को अन्तर्गतगरिएको थियो । यो सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन गरिएको हो ।

श्री जनता माध्य मिक विद्यालयको स्थापना सन् १९५१ मा भएको थियो । यस विद्यालयले नर्सरी (ECD) देलि स्नातक तहसम्मको शिक्षा प्रदान गर्दछ ।

यस विद्यालयमा भर्ना भएका विद्यार्थीहरूको कुल संख्या लगभग ६ सय २७ रहेको छ, जस मध्ये ३ सय ५८ छात्राहरू रहेका छन् । सुरुङ्गा नगरपालिकाकी मेयर, विद्यालय व्यववस्थापन र अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरिरहेको विकासात्मक सहयोगको लागि प्रशंसा पनि गरेका छन् ।

वहाँहरूले, नयाँ पूर्वाधारले यस क्षेत्रमा पढाईको वातावररण बढाउन र शिक्षा क्षेत्रलाई सुदृढ पार्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् ।नजिकका छिमेकीहरूको रूपमा, भारत र नेपाल व्यापक र बहु-क्षेत्रीय सहयोगमा साझा गर्दछ ।

HICDPs को कार्यान्वयनले प्रामिकताको क्षेत्रहरूमा पूर्वाधार वृद्धि गर्नुका साथै वृद्धि र विकास हासिल गर्न नेपाल सरकारको प्रयासलाई सुदृढ पार्न भारत सरकारको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्दछ ।

  • Bishnu Timalsina

    Related Posts

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ जेठ । पर्सा प्रहरीले चोरीको मोटरसाइकल सहित एक जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ०५:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा…

    पहिलो

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    • May 20, 2026
    • 26 views

    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    • May 20, 2026
    • 41 views
    नेपालको मधेश प्रदेशको सप्तरी जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को उद्घाटन-

    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    • May 20, 2026
    • 34 views
    मोटर साईकल चोरीमा संलग्न एक व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    • May 20, 2026
    • 48 views
    सशस्त्र प्रहरी बल द्वारा जल उत्पन्न विपद् उद्धार सम्बन्धी सेमुलेशन अभ्यास सम्पन्न-

    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    • May 19, 2026
    • 80 views
    विधुतीय अपराध सम्बन्धि कसूरमा पर्सा बाट दुर्गा प्रसाईं पक्राउ-

    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-

    • May 19, 2026
    • 56 views
    पर्सामा बोक्सी आरोप कसूर गर्ने तीन जना महिलाहरु पक्राउ-