वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १४ जेष्ठ । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि संस्थागत विद्यालयमा कक्षा ९ र ११ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ ।

आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले महानगरले हरेक वर्ष सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत यस वर्ष पनि आवेदन आह्वान गरिएको हो ।

महानगरपालिकाका अनुसार छात्रवृत्ति प्राप्त गर्न इच्छुक विद्यार्थीहरूले अनलाइन मार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिएका विद्यार्थीहरूको लिखित परीक्षा सञ्चालन गरी योग्यताका आधारमा छात्रवृत्ति प्रदान गरिने महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले जानकारी दिनुभयो ।

कक्षा ९ का लागि २०८२ सालको नगरस्तरीय कक्षा ८ को परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थी तथा कक्षा ११ का लागि २०८२ सालको एसईई परीक्षामा सहभागी भई ग्रेडेड भएका विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।

महानगरपालिकाले जारी गरेको सूचना अनुसार अनलाइन आवेदन फाराम बुधबार बिहान १० बजेदेखि जेठ २७ गते राति ११:५९ बजेसम्म भर्न सकिनेछ ।

आवेदन महानगरपालिकाको आधिकारिक छात्रवृत्ति पोर्टल scholarship.birgunjmun.gov.np⁠ मार्फत दिन सकिने व्यवस्था गरिएको छ ।

महानगरपालिकाले विगत केही वर्षदेखि संस्थागत विद्यालयहरूमा अध्ययनका लागि छात्रवृत्ति वितरण गर्दै आएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    डा. प्रदीप कुमार सक्सेना- यो लेख चथम हाउसबाट लिइएको हो, जसले आफूलाई एक स्वतन्त्र नीति संस्था र बहस र संवादको लागि एक विश्वसनीय मञ्च भएको दाबी गर्दछ र सरकार र…

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ जेठ । भारत सरकार ले नेपाल सरकार लाई कैदीहरुको लागि १० वटा ट्रक उपहार स्वरुप प्रदान गरेको छ । मंगलबार बीरगंजमा आयोजित एक कार्यक्रममा…

    पहिलो

    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    • May 28, 2026
    • 46 views
    वीरगंज महानगर द्वारा कक्षा ९ र ११ का लागि छात्रवृत्ति आवेदन खुला-

    “भारत र पाकिस्तान अझै पनि सिन्धु जल सन्धि पुनर्स्थापित गर्न सहमत हुन सक्दैनन्, तर पुन: संलग्नताले दिगो शान्ति ल्याउन मद्दत गर्न सक्छ”

    • May 27, 2026
    • 53 views

    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    • May 26, 2026
    • 64 views
    भारत सरकार द्वारा नेपाल सरकार लाई दश वटा कैदी वाहक ट्रक उपहार-

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    • May 26, 2026
    • 52 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    • May 26, 2026
    • 39 views
    घुस लिएको मुद्धामा प्रतिकुल बयान दिने तीन जनाविरुद्ध मुद्धा

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 57 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार