नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी तथा कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेशका निर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. विश्वेश्वर प्रसाद यादवले हस्ताक्षर गर्नुभएको थियो ।सम्झौताको उद्देश्य कृषि अनुसन्धान निर्देशनालयमा कार्यरत सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारी तथा कामदारहरूलाई गुणस्तरीय, सहज र प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको छ ।

सम्झौता अनुसार सामाजिक सुरक्षा कोषमा आबद्ध कर्मचारीहरूलाई नेशनल मेडिकल कलेजमा उपचार गर्दा सामाजिक सुरक्षा कोष अन्तर्गत उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवाहरू प्राथमिकताका साथ प्रदान गरिनेछ ।

सम्झौताअनुसार उपचारका लागि आउने लाभार्थीहरूलाई अस्पतालमा विशेष सामाजिक सुरक्षा कोष Counter मार्फत सेवा उपलब्ध गराइनेछ । साथै, सामाजिक सुरक्षा कोष बाट व्यहोर्न बाँकी रहने सहभुक्तानी रकम निर्धारित अवधिभित्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आबद्ध नभएका कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी तथा परिवारजनले नेशनल मेडिकल कलेजमा उपचार गराउँदा प्रयोग्य सामग्री बाहेकका उपचार सेवामा २०% विशेष छुट प्राप्त गर्नेछन् ।

साथै, अस्पतालको फार्मेसीबाट खरिद गरिने औषधिमा ५% छुटको व्यवस्था समेत गरिएको छ ।यस सहकार्य अन्तर्गत वार्षिक स्वास्थ्य परीक्षण, पूर्व-रोजगारी स्वास्थ्य परीक्षण, आवश्यकता अनुसार संस्थामै स्वास्थ्य सेवा तथा प्रत्येक त्रैमासिकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने विषयमा समेत सहमति भएको छ ।

साथै, कृषि अनुसन्धान निर्देशनालयले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा नेशनल मेडिकल कलेजलाई मेडिकल पार्टनरका रूपमा समावेश गर्ने तथा दुवै संस्थाबीच आवश्यकताअनुसार संयुक्त कार्यक्रम तथा सहकार्य गतिविधि सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्झौताले कृषि अनुसन्धान निर्देशनालयका कर्मचारी, कामदार तथा परिवारजनहरूको स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै गुणस्तरीय उपचार सेवा प्राप्त गर्न थप सहजता हुने विश्वास लिइएको छ ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रमुख सूचना अधिकृत ई. प्रदीपकुमार चौधरी लगायत दुवै संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    नेवाः पत्रकार राष्ट्रिय दबू द्वारा १० देशमा विदेश शाखा प्रमुख नियुक्त-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, २४ जेठ । देशभरका नेवार पत्रकारहरूको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबू ले विश्वभर रहेका नेवार सञ्चारकर्मीलाई एकताबद्ध गर्ने उद्देश्यसहित १० देशका लागि विदेश शाखा…

    नेशनल मेडिकल कलेजको सहयोगमा सखुवा प्रसौनीमा स्वास्थ्य शिविर, ४ सय ८२ लाभान्वित तथा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २४ जेठ । पर्साकाे सखुवाप्रसाैनी गाउँपालिका वडा न. २ श्रीपुर पञ्चगावामा नि:शूल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसौनी गाउँपालिका, पर्साको समन्वय, पर्सा ख्रिष्टियन…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 62 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 22 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 37 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 29 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 28 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 32 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची