अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा लिन सफल भएको छ ।

ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक समुन्त अधिकारीको कमाण्डमा सञ्चालन गरिएको संयुक्त अनुगमन तथा सुरक्षा अभियानका क्रममा उक्त काठ बरामद गरिएको हो । पछिल्लो समय वन क्षेत्रमा बढ्दै गएको अवैध कटानी, चोरी निकासी तथा वन विनाश नियन्त्रणका लागि सुरक्षा निकाय र वन कार्यालय बीचको सहकार्य प्रभावकारी बन्दै गएको स्थानीयले बताएका छन् ।

उक्त अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु तथा अरविन्द कुमारको सक्रिय सहभागिता रहेको थियो । त्यसैगरी प्रहरी चौकी, बढनियारका इन्चार्ज प्रहरी सहायक निरीक्षक धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम र सदस्य श्रवण प्रसाद साहलगायत स्थानीय वन उपभोक्ताको समेत उल्लेखनीय सहभागिता रहेको जनाइएको छ ।

यस अभियानमा सशस्त्र प्रहरी बल नेपालको तर्फ बाट सशस्त्र प्रहरी नायब निरीक्षक नारायण अधिकारी सहित पाँच सदस्यीय टोलीको समेत सहभागिता रहेको थियो । संयुक्त टोलीले वन क्षेत्रमा निगरानी बढाउँदै अवैध काठ ओसारपसार रोक्न विशेष चेक जाँच तथा अनुगमन सञ्चालन गरेको जनाएको छ ।

वन क्षेत्र प्राकृतिक सम्पदाको महत्वपूर्ण आधार भएकाले यसको संरक्षण, संवर्द्धन र दिगो उपयोग सबैको साझा दायित्व भएको सरोकारवालाहरूले बताएका छन् । पछिल्लो समय सामुदायिक तथा साझेदारी वन क्षेत्रको संरक्षणमा स्थानीय समुदाय, सुरक्षा निकाय र वन कार्यालय बीचको सहकार्यले सकारात्मक परिणाम दिन थालेको जनाइएको छ ।

स्थानीयवासीका अनुसार वन संरक्षण अभियानलाई निरन्तरता दिँदै अवैध कटानी तथा तस्करीमा संलग्न व्यक्तिहरु माथि कडा कारबाही गरिनु पर्ने आवश्यकता रहेको छ । वन जोगिए वातावरण संरक्षण, जैविक विविधता, वन्यजन्तु संरक्षण तथा भावी पुस्ताको प्राकृतिक अधिकार सुरक्षित रहने सरोकारवालाहरूको भनाइ छ ।सुरक्षा निकायले आगामी दिनमा समेत वन अतिक्रमण, चोरी निकासी र अवैध गतिविधिविरुद्ध संयुक्त अभियानलाई अझ सशक्त बनाइने जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    पहिलो

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 41 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 111 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 128 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 52 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 78 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 57 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते