“स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ३० जेठ । १२ औं अन्तर्राष्ट्रिय योग दिवस जुन २१, २०२६ “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ मनाइँदैछ । यो नाराले जीवनको हरेक चरणमा योगको महत्त्वपूर्ण भूमिका माथि प्रकाश पारेको छ ।

योगले शारीरिक लचिलोपन, सन्तुलन, शक्ति र मानसिक शान्तिलाई बढावा दिन्छ र तनाव, चिन्ता र जीवनशैली सँग सम्बन्धित विभिन्न स्वास्थ्य चुनौतीहरूको व्यवस्थापन गर्न मद्दत गर्दछ । नियमित योग अभ्यासले सबै उमेरका मानिसहरूलाई स्वस्थ, सक्रिय र आत्मनिर्भर जीवन बिताउन प्रेरित गर्दछ । यो नाराले स्वस्थ र सम्मानजनक बुढ्यौलीको विश्वव्यापी लक्ष्यलाई पनि बलियो बनाउन मद्दत गर्दछ ।

बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास ले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महावाणिज्य दूत देवी सहाय मीनाले विगतका वर्षहरूमा जस्तै, भारतीय महावाणिज्य दूतावासले विभिन्न स्थानीय निकाय र संस्थाहरूसँगको सहकार्यमा विभित्र स्थानहरूमा भव्य योग कार्यक्रमहरू आयोजना गर्दै छ, जसको विवरण निम्नानुसार छ ।

योग दिवसको पहिलो चरणमा पर्सा जिल्लाको पचगावा-सखुवा प्रसौनी मा १३ जून २०२६ बिहान ५:३० बजे, दोश्रो चरणमा चितवन जिल्लाको नारायणी नदी किनार, भरतपुर मा १६ जून २०२६, बिहान ५:३० बजे तेश्रो चरणमा मकवानपुर जिल्लाको रॉयल पार्टी प्यालेस, हेटौंडामा १७ जून २०२६, बिहान ५:३० बजे र चौथो चरणमा पर्सा जिल्लाकै श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माद्यमिक विद्यालय, पोखरिया मा १८ जून २०२६ बिहान ५:३० बजे रहेको छ ।

यसै गरी पाँचौ चरणमा धनुषा जिल्लाको श्री जानकी मंदिर, जनकपुरधाम मा १९ जून २०२६ बिहान ५:३० बजे छैठौ चरणमा बारा जिल्लाको विवाह मंडप, गढीमाई (गढीमाई मंदिर नजिक) मा २० जून २०२६, बिहान ५:३० बजे तथा पर्सा जिल्लाको प्रवेश द्वार शंकराचार्य गेट, बीरगंजमा २१ जून २०२६, बिहान ५:३० बजे समापन हुने कार्यक्रम रहेको छ ।

स्थानीय नगरपालिकाहरूको सक्रिय सहयोगमा पचगावा (सखुवा प्रसौनी), पोखरिया र गढीमाईमा भव्य योग कार्यक्रमहरू आयोजना गरिंदै छन् । जनकपुरधाममा, माता जानकी मन्दिर र जनकपुरधाम उप-महानगरपालिकाको सक्रिय सहयोगमा माता जानकी मन्दिर परिसरमा योग उत्सव आयोजना गरिंदै छ ।

अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम जुन २१, २०२६ मा बिहान ५:३० बजे बीरगंजको शंकराचार्य गेटना आयोजना हुनेछ । बीरगंजमा हुने यो योग कार्यक्रम यस वर्ष महावाणिज्य दूतावासले आयोजना गरेको सबैभन्दा ठूलो योग कार्यक्रम हुने अपेक्षा गरिएको कुरा बीरगंज स्थित रहेको भारतीय महावाणिज्य दूतावास का महावाणिज्यदूत देवी सहाय मीनाले बताएका छन् ।

साथै सबै कार्यक्रमहरू निःशुल्क र सबैका लागि खुला रहेको जानकारी गराउँदै सहभागीहरूलाई निर्धारित सुरु समय भन्दा धेरै अगाडि नै कार्यक्रम स्थलमा आइपुग्न अनुरोध पनि गरेका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    पहिलो

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 42 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 60 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 119 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 136 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 80 views