दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ३१ जेठ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले आज बिहान पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०३, मुरैया चोक स्थित खेतबाट बेवारीशे अवस्थामा पाँच वटा चामलको बोरामा लुकाई छिपाई राखेको एक सय के. जी. प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ ।उक्त
लागु औषध रीतपूर्वक बरामद गरि सम्बन्धित व्यक्तिहरुको खोजी तथा अनुसन्धान कार्य भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।







