विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स फोरम, वीरगञ्जको सहकार्यमा विश्व रक्तदाता दिवस २०२६ को अवसरमा आज महावाणिज्य दूतावास परिसरमा रक्तदान शिविरको सफल आयोजना गर्‍यो ।

यस शिविरमा ठूलो संख्यामा सहभागीहरूले उत्साहपूर्वक भाग लिई स्वेच्छाले रक्तदान गरेर यस पुण्य कार्यमा योगदान पुर्‍याए । स्थानीय नागरिक, युवा तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सार्थक बनाएको थियो ।

यस अवसरमा महावाणिज्य दूत श्री देवी सहाय मीनाले उपस्थित सबै रक्तदाताहरू सँग भेटघाट पनि गर्नुभयो । उहाँले सबैको हौसला बढाउँदै मानवताको सेवाको यस पवित्र कार्यका लागि उहाँहरूलाई बधाई तथा शुभकामना पनि दिनुभयो ।

श्री मीनाले भन्नुभयो, _”रक्तदानले आवश्यक परेका व्यक्तिलाई नयाँ जीवन मात्र दिँदैन, समाजप्रति समर्पित सबै रक्तदाताहरूको यो निस्वार्थ योगदान मानव सेवाको सर्वोत्तम उदाहरण हो ।”यो पहलले सामाजिक संस्थाहरूसँग मिलेर समाज सेवाप्रति भारतीय महावाणिज्य दूतावासको दृढ प्रतिबद्धतालाई दर्शाउँछ ।

भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले सबै रक्तदाता, सहकार्य गर्ने संस्था र स्वयंसेवकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछ। दूतावास भविष्यमा पनि विभिन्न संस्थाहरूसँग मिलेर मानवता र समाज कल्याणका लागि काम गर्न संकल्पित छ ।

  • Bishnu Timalsina

    Related Posts

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ३१ जेठ । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले आज बिहान पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०३, मुरैया चोक स्थित…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 37 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 77 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 55 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 131 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-