सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०७ असार । भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) ले नेपाल कै पहिलो प्रवेश द्वारको रूपमा चिनिने पर्सा जिल्लाको मुटु मानिने वीरगंजको शंकराचार्य गेटमा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना गरेको छ । यो स्मारक भारत र नेपाल बीचको गहिरो सांस्कृतिक एवं आध्यात्मिक सम्बन्धको प्रतीकको रूपमा पनि लिइन्छ ।

मधेश प्रदेशका माननीय मुख्यमन्त्री कृष्ण प्रसाद यादव यस अवसरमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो। विशिष्ट अतिथिहरूमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मा. श्याम प्रसाद पटेल तथा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री मा. शंकर प्रसाद चौधरी रहनु भएको थियो ।

कार्यक्रममा सखुवा प्रसौनी गाउंपालिकाका अध्यक्ष जसवन्त यादव, स्थानीय उद्योग वाणिज्य संघका सदस्यहरू, नेपाल भारत मैत्री संघ (निफा), पतंजलि योग समिति (पर्सा एवं बारा), पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकहरू तथा अन्य स्थानीय सरकारी अधिकारीहरू सहित सबै क्षेत्रका नागरिकहरूले उत्साहपूर्वक भाग लिएका थिए ।

कार्यक्रमको विशेष आकर्षण योग विद्यार्थीहरू द्वारा उन्नत योग आसनहरूको प्रदर्शन रह्यो, जसमा योग अभ्यासमा निहित अनुशासन, लचिलोपन र लालित्य प्रदर्शित गरिएको थियो । प्रदर्शनको गणमान्य व्यक्तिहरू र सहभागी सबैले सराहना पनि गरेका थिए ।

शिविरलाई सम्बोधन गर्दै महावाणिज्य दूत देवी सहाय मीनाले योगलाई भारत बाट विश्वलाई दिइएको उपहार बताउँदै यसको सार्वभौमिक अपीललाई उजागर पनि गरेका थिए । उहाँले शारीरिक स्वास्थ्य, मानसिक स्पष्टता र सामाजिक सद्भावलाई बढावा दिनमा योगको भूमिकामा जोड दिनु भयो ।

उहाँले योग सीमा भन्दा पर रहेको र भारत एवं नेपाल बीच मित्रताको सेतु निर्माण गर्ने कुरा पनि बताउनु भयो ।आफ्नो सम्बोधनमा मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को पूर्व निरन्तर योग कार्यक्रम आयोजना गरेकोमा भारतको महावाणिज्य दूतावास, बीरगंजको सराहना गर्नु भयो ।

उहाँले यी पहलहरूले समग्र कल्याण प्रति जनचेतना बढाएको र दुवै राष्ट्रहरू बीचको गहिरो सांस्कृतिक तथा जनस्तरको सम्बन्ध अझ मजबुत भएको बताउनु भयो ।मध्यरातको वर्षाका बाबजुद, ठूलो संख्यामा योगप्रेमीहरू स्वास्थ्य, सद्भाव र समग्र कल्याणको उत्सव मनाउन बिहानै भेला भए । यस आयोजनाले सीमापार एकता, लचिलोपन र दिगो जीवनशैलीलाई बढावा दिने योगको शक्तिलाई सुदृढ गर्‍यो ।

भारतको महावाणिज्य दूतावास, वीरगंजले अन्तर्राष्ट्रिय योग दिवस २०२६ समारोह अन्तर्गत योगका फाइदाहरू बारे जनचेतना बढाउने र भारत-नेपाल मित्रतालाई अझ सुदृढ गर्ने उद्देश्यले योग कार्यक्रमहरूको शृङ्खला आयोजना गरेको थियो । कार्यक्रमहरूको यो शृङ्खला आज प्रतिष्ठित शंकराचार्य गेटमा मुख्य अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम सहित सम्पन्न भयो ।

  • Bishnu Timalsina

    Related Posts

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०७ असार । वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमसँग वडा नं. १ देखि ३२ सम्मका वडा सदस्यहरूको सौहार्दपूर्ण भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ०५ असार । मधेस प्रदेश को राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ०७, जानकी नगर स्थित रहेको पतञ्जली योग शिविरको सभा हलमा भइरहेको तीन दिने कुस्ती…

    पहिलो

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 62 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 70 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 77 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 99 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 90 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-

    • June 18, 2026
    • 89 views
    पर्सा प्रहरी द्वारा लागु औषध गाँजा बेवारिसे बरामद, संलग्न व्यक्तिहरु को खोज तलास जारी-