दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, १० असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. भिखमपुर ले मंगलबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, पाण्डेपुर स्थित सीमा ईलाकामा भारतबाट अबैध रुपमा भन्सार छलि ना. ३ च. १४६८ पिकअप गाडीमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा लगभग मुल्य रु. १ लाख ०४ हजार ६ सय बराबरको दुहुना भैसी (१ वटा पाडा सहित) तथा अन्दाजी मुल्य रु. १२ लाख बराबरको पिकअप गाडी गरी जम्मा मुल्य रु.१३ लाख ०४ हजार ६ सय बराबरको दुहुना भैँसी/पाडा र पिकअप गाडी छाडी ब्यक्ति भारत तर्फ नै भागि गएको हुदाँ बरामद गरि आवश्यक कारबाहिको लागि बुधबार बीरगंज भंसार कार्यालयमा बुझाईएको छ ।
यसै गरी मंगलबार नै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, बीरगंज बाट खटिएको टोलीले आश्वारी र पाण्डेपुर, ईनर्वा, छप्कैया, बहुअरी तथा अलौ सीमा ईलाका बाट रु. १० लाख ६० हजार ६ सय ६२ बराबरको भैँसी, पाडा / पाडि, किटनाषक औषधी र मानिसले प्रयोग गर्ने औषधी समेत बरामद गरि आवश्यक कारबाहीको लागि आजै बीरगंज भंसार कार्यालयमा दाखिला गरेको गरेको छ ।

साथै आज पर्सा जिल्लाको ईनर्वा र मधवल ईलाका बाट सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. प्रसौनी भाठ्ठा ले मुल्य रु. ७५ हजार २ सय ८५ बराबरको अवैध किराना सामान, डिजेल, मेडिकल ल्याबमा प्रयोग हुने मेशिन र तरकारी बरामद गरि बीरगंज भंसार कार्यालयमा बुझाईएको र जगरनाथपुरको मुरैया नाका बाट मुल्य रु. १ लाख बराबरको लैनो भैँसी (१ वटा पाडो सहित) बरामद गरि लिलामी प्रकृयामा रहेको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सूचना अधिकारी सशस्त्र नायब उपरीक्षक मोहन राज निरौलाले बताएका छन् ।







