बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ११ असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला बीरगंज महानगरपालिकाले आफ्नो २० औँ अधिवेशन सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

कार्यवाहक महानगर प्रमुख ईम्तियाज आलमको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कार्यपालिका सदस्य जगत प्रसाद साह कानुले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट घोषणा गरेका छन् । जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, सरसफाइ, सडक बत्ती तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो ।

कार्यवाहक महानगर प्रमुख आलमले महानगरको समग्र विकास, सुशासन र जनमुखी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ बजेट ल्याइएको बताउँदै विकास निर्माणका कार्यलाई थप तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

मधेश प्रदेशको एक मात्र महानगरको कार्यक्रमको प्रारम्भमा महानगरपालिकाका आय लेखापरीक्षक हरि शंकर राउत कुर्मीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

नगरसभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट माथि विस्तृत छलफल पछि सर्वसम्मत रूपमा पारित गरिएको छ ।

बीरगंज स्थित रहेको नगर सभागृहमा आयोजित नगरसभामा प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहरा वडा नं. १ देखि ३२ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगरसभा सदस्यहरू, सञ्चारकर्मी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहभागीहरूले महानगरपालिकाले प्रस्तुत गरेको बजेट तथा कार्यक्रमले महानगरको विकास, आर्थिक समृद्धि र नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

साथै महानगरको दिगो विकास, पारदर्शिता र उत्तरदायित्वलाई थप सुदृढ बनाउने साझा प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।

बीरगंज महानगरपालिकाको २० औँ अधिवेशन सौहार्दपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ । प्रस्तुत ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट महानगरको विकास र समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १० असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. भिखमपुर ले मंगलबार पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०१, पाण्डेपुर स्थित सीमा ईलाकामा भारतबाट…

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    दीपेन्द्र प्रजापति/कालो झोला । रौतहट, १० असार । देशभरका स्थानीय तहहरूमा असार १० गते नगरसभा तथा गाउँसभा सञ्चालन भइरहेका बेला परोहा नगरपालिकाले आफ्नो १० औँ नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक…

    पहिलो

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 57 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 42 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 64 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 74 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 111 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 95 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-