मुस्ताङमा युरेनियम उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन- मन्त्री खनाल

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा  युरेनियम धातुको उत्खनन गर्न कसैसँग सम्झौता नगरेको स्पष्ट गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको स्पष्ट गरेका हुन् ।

उनले भने- ‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भएको भन्ने सार्बजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धि कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन । यस सम्बन्धि केहि डिजिटल मिडियामा गरिएको दाबि नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन् ।’

मन्त्री खनालले नेपालको संबिधानको धारा २७९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । साथै उनले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पन्चशीलको सिद्धान्तको प्रतिकुल हुने गरि कुनै पनि सम्झौताहरु नगर्ने विषय समेत स्पष्ट गरेका छन् ।

  • Related Posts

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    कञ्चनपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-७ बस्ने १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय…

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ ।     शिक्षा तथा खेलकुद…

    पहिलो

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    • July 1, 2026
    • 50 views
    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    • July 1, 2026
    • 65 views
    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    • July 1, 2026
    • 22 views
    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    • July 1, 2026
    • 26 views
    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने