फरेन्सिक विशेषज्ञका लागि स्नातकोत्तर योग्यता अनिवार्य बनाउन मन्त्री पुनको प्रस्ताव

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका छन् ।

बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा फरेन्सिक विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले आवश्यक जनशक्ति अभाव भए अस्थायी व्यवस्थापन गरेर भए पनि योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउदै फरेन्सिकजस्तो संवेदनशील क्षेत्रमा कार्यरत विशेषज्ञका लागि न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तह (मास्टर्स) हुनुपर्ने बताएका हुन् ।

उनले विगतको शैक्षिक अवस्थाको आधारमा नभई वर्तमान आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राखेर विधेयकमा योग्यता निर्धारण गर्नुपर्ने बताए ।

मन्त्री पुनले फरेन्सिकसम्बन्धी तालिमका हकमा पनि सामान्य तालिमलाई मात्र आधार नबनाई मान्यता प्राप्त विश्वविद्यालय वा प्रमाणित संस्थाबाट प्राप्त तालिमलाई मात्रै मान्यता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी, उनले विधेयकमा रासायनिक, भौतिक तथा जैविक प्रमाणसँगै विद्युतीय (डिजिटल) प्रमाणलाई पनि स्पष्ट रूपमा समेट्नुपर्ने बताउदै अपराध अनुसन्धानमा डिजिटल प्रमाणको महत्व निरन्तर बढ्दै र त्यसको कानुनी व्यवस्था पनि स्पष्ट हुनुपर्नेमा जोड दिएका थिए ।

  • Related Posts

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    कञ्चनपुर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-७ बस्ने १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय…

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ ।     शिक्षा तथा खेलकुद…

    पहिलो

    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    • July 1, 2026
    • 50 views
    प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित एक जना भारतीय नागरिक पक्राउ-

    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    • July 1, 2026
    • 65 views
    बीरगंजको शङ्खधर साख्वा पार्कमा महानगरपालिकाको छापा, ठूलो परिमाणमा अबैध हुक्का र सुर्तीजन्य पदार्थ बरामद-

    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    • July 1, 2026
    • 22 views
    मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ

    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपमा आज राति बेल्जियम र सेनेगल आमने सामने

    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    • July 1, 2026
    • 26 views
    सरकारको १०० दिनमा शिक्षा क्षेत्रमा के के काम भए ?

    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने

    • July 1, 2026
    • 25 views
    विश्वकपको नकआउटमा भोलि बिहान अमेरिका र बोस्निया हर्जेगोभिना आमने सामने