स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

ललितपुर । सरोकारवालाले लोकतन्त्रको सुदृढीकरण, नागरिकको सूचनामा पहुँच र स्थानीय मुद्दाको प्रभावकारी उठानका लागि स्थानीय सञ्चार माध्यमको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताएका छन्।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर महानगरपालिकाको सहयोगमा आयोजना गरेको स्थानीय तथा विकास पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा वक्ताहरूले स्थानीय सञ्चार माध्यमलाई बलियो बनाउन राज्यका सबै तहले समान अवसर र सहयोगको नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले लोकतन्त्रमा सबै सञ्चार माध्यमलाई समान व्यवहार हुनुपर्ने बताए। कुन सञ्चार माध्यमले सरकारी विज्ञापन पाउने वा नपाउने भन्ने निर्णय राज्यले गर्न नहुने उनको भनाइ थियो। उनले स्थानीय सरकार स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्न सकारात्मक रहेको पनि बताए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वीरेन्द्र ओलीले स्थानीय सञ्चार माध्यम अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै यसको संरक्षणमा स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताए। स्थानीय सञ्चार माध्यम बलियो भए मात्रै स्थानीय सरकारका गतिविधि प्रभावकारी रूपमा नागरिकसम्म पुग्ने उनको भनाइ थियो।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशकी कार्यवाहक अध्यक्ष रोजिना थापाले सञ्चार माध्यमको दिगोपनसँग पत्रकारको रोजगारी प्रत्यक्ष रूपमा जोडिएको बताइन्। सञ्चार संस्था सबल भए मात्रै पत्रकार सुरक्षित र व्यावसायिक रूपमा काम गर्न सक्ने उनले बताइन्।

नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले सरकारी सूचना र विज्ञापन वितरणमा सबै सञ्चार माध्यमलाई समान अवसर दिनुपर्ने धारणा राखे। निजी तथा स्थानीय सञ्चार माध्यमलाई कमजोर बनाउने कुनै पनि नीति लोकतान्त्रिक अभ्यासका लागि उपयुक्त नहुने उनले बताए।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले स्थानीय सञ्चार माध्यमले नागरिकका आवाज, स्थानीय विकास र समुदायका मुद्दा उजागर गर्दै आएको उल्लेख गरे। त्यसैले नियमनका नाममा स्थानीय मिडियालाई सरकारी सूचना र विज्ञापनबाट वञ्चित गर्न नहुने उनले बताए।

ललितपुर महानगरपालिकाकी प्रेस कोअर्डिनेटर रमा लुइटेलले नेपाल पत्रकार महासंघ ललितपुर शाखाले स्थानीय सञ्चार माध्यमसँग सहकार्य गर्दै क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेकोमा खुशी व्यक्त गरिन्।

महासंघ ललितपुरका सहसचिव सौगात मिश्रका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा स्थानीय तथा विकास पत्रकारिता, समाचार लेखन, स्थानीय सरकारसँगको समन्वय, विकासका मुद्दाको खोजी तथा व्यावसायिक पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइनेछ।

  • Related Posts

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतरा क्षेत्रमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको…

    पोखरामा मापसे गरी स्कुल भ्यान चलाउदा दुर्घटना: दुई विद्यार्थी घाइते, चालक पक्राउ

    पोखरा । कास्कीको पोखरा महानगर- १७ मुस्ताङचोकमा मादक पदार्थ सेवन गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ । दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई पक्राउ गरिएको…

    पहिलो

    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    • July 3, 2026
    • 50 views
    भोजपुरी संस्कृति बिषयक बक्तृत्वकला तथा मौलिक गीत प्रतियोगीता सम्पन्न-

    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    • July 3, 2026
    • 58 views
    श्री नृसिंह माध्यमिक विद्यालय नजिक बाट एउटा बाईक चोरी-

    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    • July 3, 2026
    • 28 views
    स्थानीय सञ्चार माध्यमको संरक्षणमा जोड

    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    • July 3, 2026
    • 27 views
    दैलेख दुर्घटना अपडेट: एक जनाको मृत्यु, हराएका यात्रुको कर्णालीमा खोजी जारी

    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    • July 3, 2026
    • 25 views
    राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्दै

    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम

    • July 3, 2026
    • 23 views
    जितपछि जोटाको सम्झनामा भावुक बन्यो रोनाल्डोसहित पोर्चुगलको टिम