जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ असार । ईलाका प्रहरी कार्यालय, जानकीटोलाले विशेष सूचनाको आधारमा आईतबार राती करिब ११:०० बजेको समयमा पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०२ स्थित भित्री इनर्वा जाने चोक बाट भारी मात्रामा प्रतिवन्धित लागु औषध गाँजा सहित एउटा भारतीय गाडी तथा एक जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ बाट खटिएको प्रहरी गस्ती टोलीले सोनबर्सा बाट भारत तर्फ जाँदै गरेको BR 01 CU 3544 भएको सेतो रंगको Sport कारलाई शंका लागी रोकी कानून रितपुर्‍याइ खानतलासी गर्दा उक्त कारभित्र लुकाई छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ १० ( दश ) पोकामा १०२ केजी ६ सय ३८ ग्राम फेला परेको थियो ।

त्यसैले उल्लेखित नम्बरको कार तथा चालक भारतको, बिहार राज्य, बेतिया नवलपुर बस्ने वर्ष ३२ का गुडु बर्मालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्की ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २१ असार । पोखरिया नगरपालिका वडा नं. ०९ स्थित रहेको हनुमान मन्दिर परिसरमा निर्माणाधीन पार्कमा लायन्स क्लब अफ पोखरियाको आयोजनामा आज वृक्षारोपण कार्यक्रम भव्य रूपमा…

    हाजीपुर को टैगोर विद्यालय मा स्वामी विवेकानन्दको पुण्यतिथि मा विभिन्न कार्यक्रमको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । हाजीपुर, बिहार, २० असार । विहार जिल्लाको हाजीपुर शहर को मेदिनिमल स्थित रहेको टैगोर किड्स एंड हाई स्कूल मा आध्यात्मिक विश्व गुरु स्वामी विवेकानंद को पुण्यतिथि…

    पहिलो

    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    • July 6, 2026
    • 54 views
    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    • July 5, 2026
    • 92 views
    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    • July 5, 2026
    • 33 views
    ट्रकमा फल्स बटम बनाई लुकाई ल्याएको गाँजासहित दुई जना नियन्त्रणमा

    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    • July 5, 2026
    • 29 views
    विश्वकपमा भोलि बिहान मेक्सिको र इङल्याण्ड आमने सामने

    पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

    • July 5, 2026
    • 20 views
    पाकिस्तानको टेस्ट कप्तानमा पुन: बाबर आजम

    आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग आज विवाह गर्दै

    • July 5, 2026
    • 28 views
    आमिर खानले प्रेमिका गौरी स्प्रैटसँग आज विवाह गर्दै