वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, २५ असार । बाँकी रहेको तलबको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले आज बिहानै देखि सुरु गरेको आन्दोलन कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको कुशल मध्यस्थता र सक्रियताका कारण अन्ततः स्थगित भएको छ ।

महानगरको सेवा नै ठप्प पार्ने गरी सुरु भएको विरोध कार्यक्रम कार्यवाहक प्रमुख आलम, प्रमुख प्रशासकीय अधिकृत र आन्दोलनकारी कर्मचारीहरू बीच भएको त्रिपक्षीय संवाद पछि टुङ्गिएको हो । सहमति भए सँगै कर्मचारीहरू काममा फर्किएका छन् र महानगरका सम्पूर्ण कामकारबाहीहरू नियमित रूपमा सुचारु भएका छन् ।

आज दिउँसो स्थानीय निकाय कर्मचारी संघ (एमाले) समर्थक महानगर एकाइ कमिटीका अध्यक्ष मुकेश गुप्ताको नेतृत्वमा केही कर्मचारीहरूले जेठ र असार महिनाको तलब तत्काल पाउनुपर्ने माग राख्दै वीरगञ्ज महानगरको दैनिक कार्यसम्पादन अवरुद्ध पारेका थिए ।

महानगरजस्तो जनतासँग प्रत्यक्ष जोडिएको संवेदनशील निकायमा बिनाकुनै पूर्वसूचना, पद्धति र सिद्धान्तको पालना नै नगरी एकाएक नारा-जुलुस गरिनु दुःखद र खेदजनक रहेको सरोकारवालाहरू बताउँछन् । यस आकस्मिक आन्दोलनप्रति कार्यवाहक प्रमुख इम्तियाज आलमले कडा आपत्ति जनाउँदै यसलाई “अशोभनीय र कतैबाट परिचालित” भएको हुन सक्ने गम्भीर आशंका व्यक्त गर्नुभएको छ ।

आफूले कर्मचारीहरूलाई पहिले नै तलब निकासा गरिदिने स्पष्ट आश्वासन दिइसकेको अवस्थामा पनि पुनः त्यही विषयलाई उछालेर आन्दोलन खडा गरिनुले यसको पछाडि राजनीतिक दाउपेच लुकेको हुन सक्ने संकेत उहाँले गर्नुभयो ।

लोकतान्त्रिक पद्धतिमा आन्दोलन र माग राख्ने अधिकार सबैलाई भए पनि त्यसको न्यूनतम प्रक्रिया समेत पूरा नगरी जनतालाई सास्ती दिनु न्यायसङ्गत नहुने आलमको भनाइ छ ।वास्तवमा, वीरगञ्ज महानगरपालिकामा कर्मचारीको तलब रोकिनुमा विगतको नेतृत्वको चरम लापर्बाही र प्रशासनिक बेथिति जिम्मेवार रहेको देखिन्छ ।

निलम्बित मेयर राजेशमान सिंहको कार्यकालमा स्थायी कर्मचारीहरू ४ महिना र करारका कर्मचारीहरू ५ महिनासम्म तलबविहीन अवस्थामा रहेका थिए । सिंहको पालाको त्यो गम्भीर आर्थिक भद्रगोल र चरम उदासीनतालाई कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने बित्तिकै इम्तियाज आलमले द्रुत गतिमा समाधानतर्फ लैजानुभएको हो ।

उहाँले जिम्मेवारी सम्हाले लगतै स्थायी कर्मचारीहरूको ३ महिनाको र करारका कर्मचारीहरूको ४ महिनाको लामो समयदेखि रोकिएको बक्यौता तलब यहि महिनामा निकासा गरेर कर्मचारीहरूलाई ठुलो राहत प्रदान गर्नुभएको थियो ।

विगतको लामो समयको आर्थिक संकटलाई जादुमयी शैलीमा समाधान गरेर कर्मचारीको मन जितेका आलम विरुद्ध जेठ र असार महिनाको मात्रै तलब बाँकी रहँदा आन्दोलनको वातावरण बनाइनु आफैमा अर्थपूर्ण देखिन्छ ।

यद्यपि, आन्दोलन सुरु भएलगत्तै कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले देखाएको जिम्मेवार तत्परताका कारण स्थिति तत्काल नियन्त्रणमा आएको हो । महानगरमा बुद्दिमानीपूर्ण ढङ्गले चालिएको वार्ताका क्रममा हाललाई १ महिना (अर्थात जेठ महिना) को तलब तुरुन्त पठाउने व्यावहारिक सहमति जुटेको छ ।

यो सहमतिसँगै एमाले समर्थक कर्मचारी संघका अध्यक्ष मुकेश गुप्ता लगायतका आन्दोलनकारीहरू आफ्नो अडानबाट पछि हट्दै विरोधका कार्यक्रम स्थगित गर्न तयार भएका हुन् । विगतको नेतृत्वले सिर्जना गरेको चरम आर्थिक र प्रशासनिक अस्तव्यस्ततालाई कुशलतापूर्वक व्यवस्थापन गर्दै कर्मचारीलाई न्याय र वीरगञ्जबासीलाई निर्वाध सेवा दिन कार्यवाहक प्रमुख इम्तियाज आलमले प्रदर्शन गरेको यो दृढता र संकट व्यवस्थापन क्षमताको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ ।

उहाँको यो परिपक्व कदमले वीरगञ्ज महानगरमा उनको बलियो र कडा ‘कमाण्ड’ लाई पुनः साबित गरिदिएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ असार । वीरगञ्ज महानगरपालिकाले वितरण गर्दै आएको लोककल्याणकारी सूचना अबदेखि स्थानीय साप्ताहिक पत्रपत्रिकाहरूले पनि पाउने भएका छन् । महानगरको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन…

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, २४ असार । वीरगन्ज महानगरपालिकालाई सफा, सुन्दर, हराभरा एवं व्यवस्थित बनाउन बिरगन्ज महानगरपालिकाले बनाइएको ‘एक्सन टिम’ टिमको नेतृत्व एवं जिम्मेवारी सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई सुम्पेको…

    पहिलो

    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    • July 9, 2026
    • 70 views
    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    • July 9, 2026
    • 74 views
    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    • July 8, 2026
    • 75 views
    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    लुम्बिनी विकास कोष नियुक्तिमा चलखेल, लुम्बिनी बचाउ महाअभियानको बिरोध-

    • July 8, 2026
    • 89 views
    लुम्बिनी विकास कोष नियुक्तिमा चलखेल, लुम्बिनी बचाउ महाअभियानको बिरोध-

    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    • July 6, 2026
    • 73 views
    जानकीटोला प्रहरी द्वारा गाँजा सहित भारतीय कार तथा एक जना भारतीय नागरिक नियन्त्रण-

    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-

    • July 5, 2026
    • 118 views
    लायन्स क्लब अफ पोखरीया द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न-