टोकियो । नेपाल मगर संघ जापानको २१ औँ महाधिवेशनबाट रामहरि खपांगीमगरको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।
२०२३–१०–१ तारिक आइतबारका दिन टोकियोमा सम्पन्न अधिवेशनले आगामी सन् २०२३–२०२५ को कार्यकालको लागि खपांगी मगरको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको निर्वाचन समितिका संयोजक ठानु रानामगरले जानकारी दिए ।

“पट्ट मगरको काट छानिङ, लहो, ढुट, धर्म र सांस्कृतिक माम्याकिङ” संसार भरिका मगरहरु एक हौँ भन्ने भावनाका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी जापानमा रहेका मगरहरुलाई एउटै मालामा गाँस्दै जन्मभूमिप्रति सामाजिक, आर्थिक,साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरी राष्ट्रको विकासमा टेवा पुर्याउने उदेश्यले जापानमा सन् १९९५ मा स्थापना भएको नेपाल मगर संघ जापानको वरिष्ठ उपाध्यक्षमा प्रेम प्रकाश रोकामगर, उपाध्यक्षमा भिम श्रीषमगर, लोक बहादुर रोकामगर, मिना पुनमगर र रिता रानामगर निर्वाचित भए ।

त्यस्तै अधिवेशनबाट महासचिवमा भिक्टर ठाडामगर सचिवमा दिल बहादुर फुर्जामगर र माया थापामगर, कोषाध्यक्षमा सविन थापामगर, सह कोषाध्यक्षमा सुमि पुनमगर र प्रवक्तामा चिना रोकामगर सर्वसहमत रूपमा चयन भएका छन् भने विदेश विभाग प्रमुख पछि कार्यसमितिले चयन गर्ने समेत जानकारी गराएको छ।

संघको सदस्यहरुमा कमल पुनमगर, सागर थापामगर, दिपेन थापामगर, दिनेस पुनमगर, छविलाल थापामगर, खिम थापामगर, ढक प्रसाद जुगजाली, रमा रानामगर, हेम बहादुर सुर्यवंशी र अशिम खपांगीमगर चयन भएका छन् ।

कार्यक्रममा गत कार्यकालको प्रगति प्रतिवेदन महसचिव रामहरि खपाङ्गि मगरले र कोषाध्यक्ष भिक्टर ठाडा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।उद्घाटन सत्रको कार्यक्रमको अध्यक्षता अध्यक्ष ओम काउचा मगर र कार्यक्रम संचालन रामहरि खपांगी मगर र भिक्टर ठाडामगरले संयुक्त रुपमा गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष प्रेम प्रकाश रोकामगर गरेका थिए । घोषणा सभाको अध्यक्षता ठानु रानामगरले गरेका गरेका थिए ।

प्रमुख अतिथिको रुपमा उपस्थिति भएका जनजाति महासंग जापानका अध्यक्ष सुकुमान थिङ्ले बोल्दै भने सामाजिक सद्भाव,पारस्परिक सहयोग, आपसी एकता र सहकार्यको विकास गरी जन्मभूमिप्रतिको माया, ममता र जागरणलाई कायमै राखी, सुन्दर, स्वावलम्वी र स्वाभिमानी, समतामुलक समाज निर्माण गर्नमा मगर संघले उत्कृष्ट काम गर्दै आएको खुसी समेत व्यक्त गरे। सामाजिक सेवा गर्नका लागि जापानमा क्रियाशील संस्थाहरुका माझमा आफ्नो फरक पहिचान बनाउदै धर्म, कला, संस्कृति, शिक्षा स्वास्थ्य, मानवीय सहयोगसहित भैपरि आउने हरेक कार्यका लागि एकल वा समन्वयात्मक रुपमा कार्य गर्दै आइरहेकोमा खुसी व्यक्त गर्दै उपस्थित अतिथिहरुले नयाँ कार्यसमितिलाई शुभकामना मन्तव्य राखेका थिए।