साउन ४, काठमाडौं ।जापान पठाइदिने भनि ३९ लाख ठगनलागेका चार जना लै प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई काठमाडौंको नयाँबजार बस्ने ३७ वर्षीया शुभद्रा परियार, इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तु घर भई काठमाडौंको नयाँबानेश्वर बस्ने ३३ वर्षीया पूजा राई, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई काठमाडौंको कपन बस्ने ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका–७ खरिपाटी बाँसबारीकी २१ वर्षीया दीपिका केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।