अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको तयारी पूरा भएको छ : नृपेन्द्रलाल श्रेष्ठ ।

दीपेन्द्र प्रजापति/कालो झोला ।
काठमाडौं, १६ जेष्ठ । राष्ट्रिय नेवार पत्रकार मञ्चले सार्क पत्रकार मञ्चको सहयोगमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन आयोजना गर्दै आएको छ । NFNJ र SJF ले 1 र 2 जुन, 2024 मा काठमाडौंमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलन आयोजना गर्दैछ । 
बुधबार एनएफएनजेले आयोजना गरेको पत्रकार भेटघाटमा महासंघका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सम्मेलनको जानकारी दिएका हुन् । महासंघले सम्मेलनको सम्पूर्ण तयारी पूरा गरी आयोजना गर्न तयार रहेको श्रेष्ठले बताए । सम्मेलनमा उद्घाटन र समापन बाहेक प्यानल डिस्कसन्स, पेपर प्रस्तुति र अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछौं,’ श्रेष्ठले भने । 
त्यस्तै सम्मेलन आयोजक समितिका संयोजक सुरेन्द्रभक्त श्रेष्ठले मातृभाषा पत्रकारिताको सय वर्ष पुगेको अवसरमा धर्मादित्य धर्माचार्यको योगदानको स्मरण गर्दै तेस्रो पटक यस्तो सम्मेलन आयोजना गर्न लागेको बताए । 
सम्मेलनमा विदेशका ५० भन्दा बढी पत्रकारको सहभागिता रहने र मातृभाषा पत्रकारिताका बारेमा आफ्ना विचार र धारणा राख्ने सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले जानकारी दिए ।
महासंघका पूर्वअध्यक्ष श्रीकृष्ण महर्जन, सुरजवीर बज्राचार्य, वरिष्ठ अध्यक्ष सुनिल महर्जन र सचिव राजु नापितले पनि सम्मेलन आयोजना गर्न एनएफएन तयार रहेको बताए ।
  • Related Posts

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा…

    आजको राशिफल

    आजको राशिफल बिस २०८३ बैशाख १४ गते सोमबार ईस २०२६ अप्रिल २७ नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष एकादशी, चन्द्रमा सिंह…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    • April 27, 2026
    • 22 views
    मालीका रक्षामन्त्रीको आत्मघाती हमलामा मृत्यु

    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    • April 27, 2026
    • 22 views
    बालेन सरकारको एक महिना आक्रोश, प्रतिशोध, अन्योल र अस्त ब्यस्तमा बित्यो- महेश बस्नेत

    सुनचाँदीको मुल्य बढ्यो

    • April 27, 2026
    • 20 views
    सुनचाँदीको मुल्य बढ्यो

    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    • April 27, 2026
    • 31 views
    पाकिस्तान पुगे इरानी विदेशमन्त्री अराघची

    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    • April 27, 2026
    • 26 views
    बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का

    • April 27, 2026
    • 20 views
    हस्तक्षेप भयो- पूर्णबहादुर खड्का