भोजपुर सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रमा सिँचाइ पोखरी

भोजपुर, ४ असार । अरुण गाउँपालिका–७ सिक्रेटारका सुक्खाग्रस्त क्षेत्रलाई लक्षित गरी सिँचाइ पोखरी निर्माण सुरु गरिएको छ । यस क्षेत्रका जमिन खेतीका लागि उर्वरभूमि भए पनि पर्याप्त सिँचाइ सुविधा नहुँदा बाझिन थालेका थिए तर पछिल्लो समय उक्त क्षेत्रमा एक टोल एक सिँचाइ पोखरी निर्माण सुरु गरिएको वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो ।

गाउँपालिकाको रु १५ लाख लागतमा ढुङ्गेटोलमा नौ लाख लिटर क्षमताको ठूलो पोखरी निर्माण भइसकेको छ । बेलटार टोलमा पाँच लाख लिटर र मैदाने टोलमा तीन लाख लिटर क्षमताका पोखरी निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँका अनुसार वडाका अन्य टोलमा चारवटा पोखरी निर्माणाधीन छन् ।

सबै स्थानमा पानीको स्रोत सुनिश्चित भएपछि पोखरी निर्माण थालिएको उहाँले बताउनुभयो । पोखरी निर्माणपछि यहाँका सुक्खाग्रस्त क्षेत्रका करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा सिँचाइको सुविधा पुग्नेछ । माथिल्लो भेगमा खनिएका यी पोखरीहरुले खानेपानीको मुहान रिचार्जमा पनि सहयोग गर्ने अध्यक्ष थापाको भनाइ छ ।

“पोखरी निर्माणपछि सिँचाइसँगै अन्य उपयोगका लागि पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सबै टोलमा रु एक करोड बराबर लगानीमा पोखरी निर्माणको उद्देश्य लिइएको छ । यहाँका सिक्रेटार, पीपलटार, जगरे खिसु, गौरालगायत क्षेत्र सुक्खाग्रस्त क्षेत्रमा पर्छन ।

सिँचाइको व्यवस्था भएमा यहाँ जिरा, मेथी, बदाम, आँप, लिची, कटहर, केरा, ड्रागनफ्रुट, रुद्राक्ष तथा तरकारीको व्यावसायिक खेती गर्न सकिने स्थानीय किसान केदारप्रसाद अधिकारीले बताउनुभयो । एक टोल एक सिँचाइ पोखरी निर्माण अभियानले किसानमा उत्साह थपिएको उहाँको भनाइ छ । पोखरी निर्माणले स्थानीयलाई तरकारीखेतीका लागि सहज भएको स्थानीय हेमचन्द्र अधिकारीले बताउनुभयो ।

उहाँले आफूले पनि पोखरीको पानी प्रयोग गरेर तरकारीखेती गरिरहेको र सहज भएको बताउनुभयो । “सिँचाइका लागि पर्याप्त पानी नहुँदा बसाइँसराइ बढ्दो थियो, अब यो क्रम रोकिन्छ कि भन्ने आशा छ”, उहाँले भन्नुभयो । जलवायु परिवर्तनका कारण देखिएका असरको न्यूनीकरण गर्दै जलाधारहरुको संरक्षण गर्ने लक्ष्यका साथ टोलस्तरमा सिँचाइ पोखरी निर्माण कार्यक्रम सञ्चालन गरिएको सो वडाका सचिव अशोक अधिकारीले बताउनुभयो । यो कार्यक्रमले भविष्यका लागि ठूलो लाभ पुग्ने उहाँको विश्वास छ ।

  • Related Posts

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २९ जेठ । वन संरक्षण तथा अवैध काठ तस्करी नियन्त्रण अभियान अन्तर्गत ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीले करिब २० क्यु फिट सालको अवैध काठ नियन्त्रणमा…

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले विशेष सूचनाको आधारमा बुधबार बिहान करिब ०७:०० बजेको समयमा पर्सा जिल्लाको बिन्दबासिनी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 55 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 115 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 133 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 53 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 79 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 60 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते