दूधको रकम भुक्तानी गर्न माग

काठमाडौँ, ५ असार : किसानले दूधको रकम भुक्तानी गर्न माग गरेका छन् । आफूले बेचेको दूधको मूल्य पाउनुपर्ने माग गर्दै आज उनीहरुले केन्द्रीय दुग्ध सहकारी सङ्घको नेतृत्वमा दुग्ध विकास संस्थान लैनचौर अगाडि विरोध प्रदर्शनसमेत गरेका छन् ।

सङ्घका केन्द्रीय कोषाध्यक्ष बालकृष्ण उप्रेतीले दुग्ध विकास संस्थानले किसानको सात महिनाको दूधको रकम भुक्तानी गर्न बाँकी रहेकाले दूधको मूल्य माग गर्दै विरोधमा उत्रिनुपरेको बताउनुभयो । उहाँका अनुसार देशभरका किसानले दूध बिक्रिवापत् झण्डै रु सात अर्ब भुक्तानी पाउन बाँकी छ । दुग्ध विकास संस्थानबाट मात्र रु दुई अर्ब ५० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

संस्थानका निमित्त महाप्रबन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले दूधबाट बनेका परिकार बिक्रि नभएका कारण किसानको रकम भुक्तानी गर्न समस्या भएको बताउनुभयो ।

“किसानको रकम चाँडो भुक्तानी गर्न निर्यातको सम्भावित क्षेत्र खोज्न थालेका छौँ, दुई महिनाभित्र किसानको समस्या समाधान हुन्छ,” उहाँले भन्नुभयो । दूधको भुक्तानी रकम माग गर्दै संस्थान पुगेका ४० भन्दा बढी किसानलाई प्रहरीले पक्राउ गरेको छ ।

  • Related Posts

    सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिइने

    अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्न महालेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरिएको छ ।  हालसम्म…

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    वीरगन्ज । वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आइतबार बिहानदेखि सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडक राष्ट्रिय राजमार्गको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार

    • April 20, 2026
    • 0 views
    स्वयम्भू क्षेत्रबाट ३ जना सडक सहयोगापेक्षीको उद्धार

    विद्यार्थी युनियनको अधिकार खोस्ने कदम अलोकतान्त्रिक- प्रदीप ज्ञवाली

    • April 20, 2026
    • 11 views
    विद्यार्थी युनियनको अधिकार खोस्ने कदम अलोकतान्त्रिक- प्रदीप ज्ञवाली

    बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

    • April 20, 2026
    • 8 views
    बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

    अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकासहित १० जनाको मृत्यु

    • April 20, 2026
    • 10 views
    अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकासहित १० जनाको मृत्यु

    सीमामा सयभन्दा बढी मूल्यका घरायसी सामानमा भन्सार शुल्क लगाइएकोमा काँग्रेसको आपत्ति

    • April 20, 2026
    • 13 views
    सीमामा सयभन्दा बढी मूल्यका घरायसी सामानमा भन्सार शुल्क लगाइएकोमा काँग्रेसको आपत्ति

    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

    • April 20, 2026
    • 14 views
    प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै