६ फागुन, काठमाडौं । प्रकाशमान सिंहको कान्छो छोरा भाष्करमान सिंहको आज बिहे हुन लागेकाले प्रधानमन्त्री देउवा सिंह परिवारलाई भेट्न ठमेल गएका हुन् ।

बिहेको बधाई दिन देउवा प्रकाशमान सिंहको निवासमा गएको र त्यहाँबाट फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशमानको सचिवालयले पनि भेट विशुद्ध पारिवारीक भएको जनाएको छ । ‘राजनीतिक विषयमा केही कुराकानी भएन, बधाई दिएर प्रधानमन्त्रीज्यू फर्किहाल्नुभयो,’ प्रकाशमान सिंहका सहयोगी युपी लामिछानेले भने ।

प्रकाशमानको छोरा भाष्करमानको बिहे ह्यात होटलमा हुने छ ।जन्तीको रुपमा सहभागी हुन कांग्रेसका अन्य नेताहरु प्रकाशमान निवासमा छन् ।