प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्ने गठबन्धनकै विकल्प खोज्ने संकेत देखाएपछि प्रचण्ड, माधव र उपेन्द्रसहितका नेता आन्तरिक परामर्शमा जुटेको देखिन्छ ।
विहीबार साँझ बसेको गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले विहीबार राति एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका थिए ।
शुक्रबार विहान १० बजे सत्ता गठबन्धनको बैठक बस्नुअघि एमसीसी विरोधी नेताहरुबीच छलफल भइरहेको छ । सत्ताका नेतृत्व गरेको नेपाली काँग्रेसले एमसीसी टेबल गर्न जोडबल गरिहेको छ ।







