अपाङ्गता भएका दश जनालाई उन्नत जातका बाख्रा वितरण

तनहुँ, १९ असार : जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका दश जनालाई बीउपुँजीको रूपमा उन्नत जातका बाख्रा वितरण गरिएको छ । गाउँपालिका मातहत रहेका पाँचवटा वडाबाट दुई/दुईजना अपाङ्गता भएका व्यक्तिलाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्य गाउँपालिकाको रहेको स्थानीय अपाङ्गता समन्वय समिति सदस्य सचिव हिरामान श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार घिरिङ–१ बाट तुलसी कुमाल, बिष्ने दमाई, वडा नं २ बाट पदम थापा, सोमबहादुर दमाई, वडा नं ३ बाट सुकमाया सार्की, मनकुमारी श्रेष्ठ, वडा नं ४ बाट भुरेली कुमाल, सुकमाया कुमाल र वडा नं ५ बाट उमा थापा र ऋतिक श्रेष्ठलाई बाख्रा वितरण गरिएको छ ।

वडा नं ५ निवासी २८ वर्षीय सङ्गीता नेपाली दुवै खुट्टा टेक्न नसक्ने अशक्त रहेकीले दुईवटा ‘क्यालिपर’ खुट्टा जडान गर्ने पहल भइरहेको श्रेष्ठले बताउनुभयो । योसँगै नेपाली वैशाखीको प्रयोगले सामान्य हिँडडुल गर्न सक्ने हुनुहुने उहाँको भनाइ छ ।

‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिका लागि राज्यले मासिक भत्ताको व्यवस्था गरेको छ”, समिति सदस्य सचिव श्रेष्ठले भन्नुभयो, “ग र घ वर्गका अपाङ्गता भएकालाई यस वर्षदेखि गाउँपालिकाले आयआर्जनतर्फ उन्मुख गराउन थालेको हो ।” उहाँका अनुसार गाउँपालिकाभित्र दुई सय ८२ जनाले विभिन्न किसिमका अपाङ्गता परिचयपत्र लिइसकेका छन् ।

ग वर्गका ४९ र घ वर्गका १४ गरी ६२ जना मध्यम र सामान्य किसिमका अपाङ्गता रहेका अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो । परिचयपत्रको आधारमा सेवा सुविधा पाउन थालेपछि अपाङ्गता भएका व्यक्तिमा थप उत्साह मिलेको छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले उदाहरणीय कार्य सुरु गरेको छ, यसबाट अपाङ्गता भएका व्यक्तिले राहतको महसुस गरेका छौँ ।”

शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनस्तर उकास्न गाउँपालिकाले पहलकदमी गर्दै आएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार मध्यम र सामान्य गरी ६२ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्न पालिकाले प्रक्रिया अगाडि बढाइसकेको छ । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न रु चार लाख बजेट विनियोजन गरिएको थियो ।”

  • Related Posts

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 82 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 30 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 50 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 37 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 36 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 40 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची