सहकारीसम्बन्धी संसदीय छानबिन समितिको अध्ययन जारी

काठमाडौँ, २० असारः सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा अध्ययन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्यादेशअनुसार अध्ययन गरिरहेको जनाएको छ ।

समितिले सरोकार भएका निकायसँग कागजात झिकाउने, ती निकायका अधिकारीको भनाइ सुन्ने र छलफल गरी अध्ययन गरिरहेको समितिका सचिव बबिता मिश्रले राससलाई जानकारी दिनुभयो । यही असार २३ गते समिति गठन भएको एक महिना पूरा हुँदैछ ।

एक महिनामा भएका उपलब्धि सार्वजनिक गर्ने तयारीसमेत गरिएको मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार समितिको आजको बैठकमा महालेखापरीक्षक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक, सहकारी विभागका रजिष्ट्रारलगायत सम्बन्धित निकायका कर्मचारीसँग छलफल भएको छ ।

शुक्रबार गृहसचिव, प्रहरी महानिरीक्षकलगायत उच्च प्रहरी अधिकारीसँग छलफल गरिने समिति सचिव मिश्रले बताउनुभयो । नेपाली कांग्रेसको लामो विरोधपछि प्रतिनिधिसभाबाट छानबिन समिति गठन भएको थियो ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, सोको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए÷नभएकोलगायतका विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 25 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 25 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 26 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 14 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 28 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि