Gen-Z आन्दोलनका क्रममा केन्द्रिय कारागार बाट फरार दुई जना कैदीहरू पुनः कारागार चलान-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०९ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा Gen-Z आन्दोलनको क्रममा केन्द्रीय कारागार बाट फरार दुई जना कैदी बन्दीहरुलाई मंगलबार आफ्नो नियन्त्रणमा लिएको छ ।

हिजो यस कार्यालय बाट खटिएको प्रहरी टोलीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका वडा नं. ०५, बस्ने वर्ष २५ को प्रदेशी भन्ने सुदामा पासवानले केन्द्रिय कारागार कार्यालय काठमाण्डौमा कर्तव्य ज्यान मुद्दाका २५ बर्ष कैद भुक्तान गरिरहेकोमा मिति २०८ साल भाद्र २३ गते भएको Generation-Z ( Gen-Z ) आन्दोलनका क्रममा सो कारागार बाट फरार भई हाल लुकीछिपी बस्दै आएकोमा मंगलबार राति करिब ०९:५० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १५, भिष्वा स्थित बाट पक्राउ गरी वीरगञ्ज कारागार कार्यालय, पर्सामा बुझाइएको छ ।

यसै गरी बारा जिल्ला कै परवानीपुर गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ३२ को विवेकलाल साह कानुलाई ( मु. द. नं. ०८१-CB-०००१) उच्च अदालत पाटन इजलास हेटौडाको आदेशले रू. ५० हजार धरौटी तिर्न नसकी केन्द्रिय कारागार कार्यालय सुन्धारा ( भद्रगोल ) काठमाण्डौ चलान भएकोमा मिति २०८२ साल भाद्र २४ गते Generation-Z ( Gen-Z ) आन्दोलनका क्रममा सो कारागार बाट फरार पश्चात् लुकीछिपी बस्दै आएको भन्ने सूचना अनुसार यस कार्यालय बाट खटिएको टोलीले मंगलबार दिउँसो करिब ०३:०० वजेको समयमा निजलाई वीरगञ्ज महानगरपालिका वडा न ०४, विर्ता टोल स्थित बाट पक्राउ गरि कारागार कार्यालय वीरगञ्ज, पर्सामा नै बुझाइएको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    काठमाडौं, ०९ जेठ । पर्साका वरिष्ठ पत्रकार यस अनलाईन का मधेश प्रदेश व्यूरो प्रमुख एवं सार्क पत्रकार मञ्च अन्तर्राष्ट्रिय का नेपाल च्याप्टर सदस्य दीपेन्द्र प्रजापति लाई मातृशोक परेको छ ।…

    विगो भरि भराउ मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ जेठ । वडा प्रहरी कार्यालय, श्रीपुर बाट खटिएको विगो भरि भराउ टोली ले विशेष सूचनाको आधारमा बुधबार दिउँसो करिब १२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका…

    पहिलो

    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    • May 25, 2026
    • 38 views
    धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    • May 25, 2026
    • 32 views
    नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएका

    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    • May 25, 2026
    • 46 views
    सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    • May 23, 2026
    • 191 views
    पर्सा का वरिष्ठ पत्रकार प्रजापति लाई मातृशोक-

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    • May 23, 2026
    • 56 views
    पाँचथरमा बाढी र पहिरो:  पुल र सर्वसाधारणका घरमा क्षति

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

    • May 23, 2026
    • 54 views
    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ