
अमेरिकाले २०५ भारतीयलाई देश निकाला गरेकाे छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा रहेका भारतीय प्रवासीलाई निष्कासन गरेको हाे। दैनिक भास्करका अनुसार अमेरिकी सेनाको एक सी–१७ सैन्य विमान २०५ भारतीय नागरिकहरूलाई टेक्सासबाट भारततर्फ उडान भरेको छ।
यसअघि पनि अमेरिकाले ग्वाटेमाला, पेरु, र हन्डुरसमा अवैध प्रवासीलाई फिर्ता पठाएकाे थियाे ।