अमेरिकी स्ट्यान्ड अप कमेडियन क्यारोलको गोली हानि हत्या

काठमाडौँ । अमेरिकाका प्रसिद्ध स्ट्यान्ड-अप कमेडियन रेजिनाल्ड ‘रेगी’ क्यारोलको मिसिसिपीमा गोली हानी हत्या गरिएको छ ।

५२ वर्षीय हास्य कलाकारको मृत्युको खबरले कमेडी उद्योग र उनका फ्यानहरूलाई स्तब्ध बनाएको छ ।

कमेडी दुनियाँमा आफ्नो अनौठो शैली र रमाइलो कमिक टाइमिङका लागि परिचित रेजिनाल्ड क्यारोललाई मिसिसिपीको बर्टन लेन क्षेत्रमा गोली हानी हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । प्रहरीका अनुसार क्यारोललाई गम्भीर अवस्थामा अस्पताल लगिएको भएपनि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

साउथहेवन प्रहरीले घटनाको पुष्टि गर्दै एक संदिग्धलाई पक्राउ गरिएको बताएको छ । यद्यपि, यो घटनाको कारण अझै स्पष्ट छैन । क्यारोलको मृत्युका कारण अमेरिकाको कमेडी दुनियाँ शोकमा डुबेको छ ।

रेजिनाल्ड क्यारोलको यात्रा स्ट्यान्ड-अप कमेडीमा मात्र सीमित थिएन । उनले प्रसिद्ध टिभी कार्यक्रम शो टाइम एट द अपोलो (२०००) मा पनि आफ्नो उपस्थिति जनाएका थिए । यसबाहेक, उनले लोकप्रिय अमेरिकी कार्यक्रम ‘द पार्कर्स’ मा पनि काम गरे, जसमा उनी मो’निक र काउन्टेस भन जस्ता कलाकारहरूसँग देखा परे । उनले निर्माण कार्यमा पनि योगदान दिए । उनी २०२३ मा कमेडी विशेष नकआउट किंग्स अफ कमेडीमा निर्माताको रूपमा सामेल भए । सोही समयमा, उनले २०२२ को टिभी फिल्म ‘रेन्ट एन्ड गो’ मा अभिनय गरेका थिए ।

  • Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 68 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 108 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 104 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-