इजरायली सहरले ट्रम्पको नाममा छिमेकलाई नयाँ नाम दिँदै

जुडिया क्षेत्रमा रहेको इजरायली शहर माले अदुमिमका मेयरले बुधबार आफ्नो नगरपालिका क्षेत्रको एक महत्त्वपूर्ण भागलाई ‘ट्रम्प वन’ (टी–१) को नाममा पुनर्नामकरण गर्ने घोषणा गरेका छन् । “ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो”, मेयर गाइ यिफ्राचले भन्नुभयो, “हामी ट्रम्पलाई विश्वास गर्छौं र उहाँले आगामी महिनामा यस क्षेत्रमा निर्माण कार्यलाई बढाउनु हुने विश्वास छ ।” पहिले ई–१ वा मेभासेरेट अदुमिम भनेर चिनिने माले अदुमिमको नगरपालिका सीमाभित्र पर्दछ र क्षेत्र सी अन्तर्गत छ । त्यहाँ इजरायलसँग प्रशासनिक र सुरक्षा अधिकार छ । आवास सङ्कटलाई कम गर्न तीन हजार घरका लागि बनाइएका योजनाहरू बाइडन प्रशासन लगायत अन्तर्राष्ट्रिय विरोधद्वारा अवरुद्ध भएका छन् । मेयर यिफ्राचले टी–१ लाई ‘रणनीतिक सम्पत्ति’ का रूपमा वर्णन गर्नुभयो र इजरायली नेताहरूलाई माले अदुमिम र जेरुसलेम बीच भौगोलिक निरन्तरता स्थापित गर्न आह्वान गर्नुभयो । इजरायली–प्यालेस्टिनी सम्झौताअनुसार इजरायलले क्षेत्र सी वर्गीकृत क्षेत्रमा पूर्ण प्रशासनिक र सुरक्षा नियन्त्रण राख्दछ । ट्रम्पको नाममा पहिले पनि गोलन समुदाय राखिएको थियो । ट्रम्पले गोलन हाइट्समा इजरायली सार्वभौमिकता स्वीकार गरेपछि इजरायलले नयाँ समुदायको नाम रामत ट्रम्प राखेर राष्ट्रपतिलाई सम्मान गरेको थियो । इजरायली नेताहरूले बाइडन प्रशासनद्वारा लगाइएका प्रतिबन्धहरू फिर्ता गर्ने कार्यादेशहरूको प्रशंसा गरेका छन् । तिनमा प्यालेस्टिनी विरुद्ध हिंसाको आरोपमा जुडिया र सामरियाका बासिन्दाहरूमाथिका प्रतिबन्धहरू, संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी युएनआरडब्लुए) लाई कोष बन्द गर्ने र अन्तर्राष्ट्रिय अपराध अदालतका पदाधिकारीहरूमाथि पुनः प्रतिबन्ध लगाउने समावेश छन् । –––

  • Bishnu Timalsina

    Related Posts

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    काठमाडौँ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा आएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ भने १२९ जना घाइते भएका छन् । फिलिपिन्सको नागरिक सुरक्षा कार्यालयका अधिकारीहरूका…

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    काठमाडौँ । ईरानले फेरि इजराइलतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । यसपछि इजराइलका विभिन्न क्षेत्रमा फेरि सतर्कता जारी गरिएको छ र नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । प्रारम्भिक जानकारी…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 102 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 100 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 80 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 107 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 67 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 97 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-