इरानमा बस दुर्घटना हुँदा २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु

तेहरान । इराकमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

पैगम्बर मोहम्मदका नाति इमाम हुसेनको शोकको ४० औँ दिनको अवसरमा मनाइने सिया धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक अनुष्ठान अर्बेन स्मृति समारोहमा भाग लिन पाकिस्तानी तीर्थयात्रीहरू इरान हुँदै इराकतर्फ गएका थिए ।

“मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट सुरक्षा जाँच केन्द्रअगाडि पल्टिएपछि आगलागी भएको इरानको एक राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

“बुधबार बिहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” इरानी टेलीभिजनले समाचारमा उल्लेख गरेको छ। 

याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताएका छन् । 

मालेक–जादेहले भने, “मृत्यु हुनेमा ११ महिला र १७ पुरुष रहेका छन् । घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य सात जनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ ।” 

गत वर्ष इराकको कर्बला शहरमा हुसेन र उनका भाइ अब्बासलाई गाडिएको स्थानमा करिब दुई करोड २० लाख तीर्थयात्रीले उक्त स्मृतिसभा सहभागिता जनाएका हुन् ।  

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन