एकसाथ तीन फिल्म लालीबजार, मालती मंगले र गुरु आमा आजदेखि

काठमाडौँ । आजदेखि नेपाली सिनेमाको बक्स अफिसमा तीन फिल्म मैदानमा उत्रिएका छन् । 

आजदेखि मिथिला शर्माको प्रमुख भूमिका रहेको ‘गुरु आमा’, स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको ‘लालीबजार’ र रामकृष्ण ढकालले निर्माण गरेको ‘मालती मंगले’प्रदर्शनमा आएको छ ।

यस अघि बैशाख १८ गते रिलिज हुने भनिएको लालीबजार कानुनी झमेलामा परेपछि आज रिलिज भएको हो । यस फिल्मले देशभर १२० भन्दा बढी शो पाएको छ । त्यस्तै विजय बराल र बर्षा राउत अभिनित ‘मालती मंगले’ ले देशभर करिब १०५ शो पाएको छ । त्यस्तै अर्को फिल्म ‘गुरु आमा’ ले भने करिब ७१ शो पाएको छ ।

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदी, मुकुन्दकुमार श्रेष्ठ, अभय बरालसहितको अभिनय रहेको छ ।

त्यसैगरी गायक रामकृष्ण ढकालले पहिलो पटक निर्माण गरेको र प्रकु पाण्डेयको निर्देशन रहेको ‘मालती मंगले’ मा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, प्रकाश घिमिरे, सरिता गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

त्यस्तै, प्रेम सोनी सुनारको निर्देशनमा बनेको फिल्म ‘गुरु आमा’ मा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, सुशील पोखरेललगायतका कलाकारहरूको अभिनय रहेको छ ।

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 102 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 126 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 50 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 75 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 56 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 59 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल