कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ। मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाईको उकालोमा प्रदेश-२-०३-००१ ख ६७८० नम्बरको मालवाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा बन्द भएको छ ।

मोबिल बोकेको कन्टेनरले बाटो वारपार पूरै ढाकेको छ । त्यसैले एक घण्टादेखि दर्जनौँको संख्यामा साना-ठूला सवारी गन्तव्यमा पुग्नबाट रोकिएका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कन्टेनर वीरगञ्जबाट काठमाडौँ आउँदै थियो । दुर्घटनामा कन्टेनर चालक मनहरी गाउँपालिका–६ बस्ने ३० वर्षीय महेश मोक्तान घाइते भएका छन् । उनको दाहिने हातमा चोट लागेकाले उपचारका लागि हेटौँडा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

चुरियामाईको उकालोमै कन्टेनर पल्टिएकाले वैकल्पिक सडक प्रयोग गरेर आउ-जाउ गर्ने अवस्था पनि छैन । कन्टेनरलाई पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

  • Related Posts

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    ललितपुरको खोकनास्थित श्री रुद्रायणी माध्यमिक विद्यालय परिसरमा रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुरले एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन गरेको छ। समाज रूपान्तरणका लागि विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्दै…

    पहिलो

    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    • June 23, 2026
    • 56 views
    पर्सा प्रहरी द्वारा प्रतिबन्धित लागु औषध सहित ट्रक र चालक नियन्त्रण-

    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    • June 21, 2026
    • 104 views
    सद्भावका लागि योग भने मूल नाराको साथ १२ औं अन्तर्राष्ट्रिय योग दिवस भारतको महावाणिज्य दूतावास, बीरगंज द्वारा मनाईयो-

    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    • June 21, 2026
    • 94 views
    कार्यवाहक नगर प्रमुख आलम द्वारा वडा सदस्यहरू संग अन्तरक्रिया-

    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    • June 19, 2026
    • 98 views
    मधेश खेलकुद परिषद्को आयोजनामा पहिलो पटक सञ्चालन भएको राष्ट्रिय स्तरको कुश्ती प्रतियोगितामा सागर यादव प्रथम स्थानमा स्वर्ण पदक हासिल गर्न सफल-

    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    • June 19, 2026
    • 119 views
    सशस्त्र प्रहरी बल, पर्सा द्वारा मनसुनजन्य विपद् पूर्व तयारी, तिन दिने ‘विपद् स्वयंसेवक परिचालन तालिम सम्पन्न-

    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-

    • June 18, 2026
    • 103 views
    भारतको महावाणिज्य दूतावास, वीरगञ्ज द्वारा पोखरियामा १२ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजना-