काउली उत्पादनले घरखर्च चलाउन सहज

डोटी । काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

जिल्लाको के आईसिंह गाउँपालिका-४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ । काउली उत्पादनबाट मात्रै उनले गत वर्ष रु. दुई लाख ५० हजार आम्दानी गरे। यस वर्ष पनि बारीमा करिब रु. चार लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताए। गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका उनको भनाइ छ ।

“घरखर्च चलाउन विदेश जानुपरेको छैन । काउली उत्पादनले नै घरखर्च चलाउन सहज भएको छ”, धामीले भने। के आई सिंह गाउँपालिका–४ का डिलबहादुर बुढामगरले दुई रोपनी जमिनमा लगाएका काउली बेचन तयार भइसकेको छ । उनले गत वर्ष एक रोपनीमा लगाएको काउलीबाट करिब रु. एक लाख आम्दानी गरेको बताए। यस वर्ष पनि बारीमा लगभग रु. दुई लाख बरबारको काउली तयार भएको छ ।

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए। पालिकाले किसानलाई उत्पादन भएको तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उनले बताए।

के आई सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल हिउँदे र बर्खे बालीका रूपमा काउलीखेती गरी किसानले मनग्य आम्दानी गर्दै आएका बताउँछन्। गर्त वर्ष एक हजार दुई सय क्विन्टल काउली उत्पादन भएको उनले बताए। कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र के आई सिंह गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताए।

  • Related Posts

    अर्थसचिव पाण्डेको जिम्मेवारी खोसियो

    भौतिक पूर्वाधार मन्त्रालय र अर्थ मन्त्रालयबीच समन्वय नहुँदा रातारात योजना काट्नु परेको भन्दै मुख्यमन्त्री पाण्डे सचिवमात्रै होइन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसी र अर्थमन्त्री डा टकराजसँग रुष्ट समेत…

    आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँ

    सांसदहरूको प्रस्ताव स् आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गरौँकाठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा…

    पहिलो

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 85 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    • July 5, 2025
    • 186 views
    दुधेश्वरनाथ महादेव मन्दिर भाथा धाममा श्रावणी मेला प्रचार प्रसारका लागी पत्रकार समिती गठन-

    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    • July 3, 2025
    • 139 views
    सशस्त्र प्रहरी बल नेपाल, पर्सा द्वारा लाखौं मूल्य बराबरको अबैध कपडाहरु बरामद-

    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    • July 3, 2025
    • 135 views
    दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको घोषणापत्र संयुक्त राष्ट्र संघलाई हस्तान्तरण-

    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    • July 2, 2025
    • 119 views
    नेशनल मेडिकल कलेज, बीरगंजमा ३० वर्षीय बिरामीमा टोटल कृतिम हिप जोर्नी प्रत्यारोपण सफलता पूर्वक सम्पन्न-

    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-

    • July 2, 2025
    • 110 views
    मानव बेचबिखन तथा ओसार पसार कार्यमा संलग्न एक जना पक्राउ-