‘कुन पार्टीको कार्यालय चन्दा बिना बनेको छ ?’ : ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छ भन्दै प्रश्न गरेका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सिस्नुपानी नेपालको देउसी भैलो टिमले नेकपा (एमाले) पार्टी कार्यालयका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङले पार्टी कार्यालयका लागि जग्गा दान गरेको विषयलाई देउसी भैलोमार्फत व्यङ्ग्य गरेपछि उनले प्रतिक्रिया दिँदै यस्तो प्रश्न गरेका हुन् ।

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘कुन पार्टीका कार्यालय चन्दा बिना बनेको छन् मलाई देखाइदिनुस न ? एमालेको पार्टी कार्यालय बनाउन एक जना व्यक्तिले दान गर्न खोज्नुभयो होला । तर, अरु कुन पार्टी छ त्यस्तो जो बिना चन्दा पार्टी कार्यालय बनाएको छ रु कोही एक दुई जनाको चन्दाले बनेका होलान्, कोही आठ १० जनाको चन्दाले बनेका होलान् ? त्यो पनि पहिलो दृष्टिमा नै गलत छ भनेर अदालतले भनिसकेपछि त सकियो नि ? किन व्यङ्ग्य गरिरहनुपर्‍यो र ?’

उनले सिस्नोपानी नेपालले सन्तुलन मिलाएर व्यङ्ग्य गर्नुपर्ने भए पनि आफूलाई नै बढी व्यङ्ग्य गरेकोमा पनि असन्तुष्टि जनाए ।

उनले भने, ‘सायद यो कार्यक्रममा आयोजकले सन्तुलन मिलाएर बोलाउनुभएको होल । देउसी भैलोमा व्यङ्ग्य पनि सन्तुलन मिलाएर गर्नुपर्ने हो । तर, मलाई नै व्यङ्ग्य बढी गरियो । उनले देउसी भैलोमा निराशाजनक मात्रै नभएर सरकारले गरेका आशालाग्दा विषय तथा व्यङ्ग्य पनि समेट्नुपर्ने सुझाव दिएका छन् ।’

उनले थप्दै भने, ‘देउसी भैलोमा सारा बिग्री सक्यो केही बाकी रहेन भने जसरी प्रस्तुत गरियो । यो देशमा नराम्रो मात्रै भएको छैन, धेरै राम्रा काम पनि भएका छन् । देउसी भैलोमा राम्रा विषय तथा काम पनि समेट्दा राम्रो हुन्थ्यो होला ।’

सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष राजेन्द्र लिंङ्देन, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको सहभागिता रहेको थियो ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 29 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन