खैरो हिरोईन सहित गाडी र चार जना भारतियहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका प्रहरी चौकी, इनर्वा बाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुधबार सांझ करिब ०६:३० बजेको समयमा प्रतिवन्धित लागु औषध खैरो हिरोइन सहित चार जना भारतिय र स्कार्पियो आफ्नो नियन्त्रणमा लिएको छ ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बीरगंज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड बाट संयुक्त चेकिङ टोलीले भारत बाट नेपाल तर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित चेक जाँच गर्ने क्रममा लागु औषध मुद्दामा सलंग्न रही वारदात पश्चात फरार प्रतिवादी भारतको विहार राज्य, जिल्ला पुर्वी चम्पारण, थाना रक्सौल वडा नं. १४, मौजे बस्ने वर्ष ३७ को कृष्णा कुमार सवार भइ भारतको रक्सौल बाट वीरगञ्ज तर्फ आउँदै गरेको BR 06 DE 0007 नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीको पछाडी पट्टीको डिक्की भित्र कार्पेटले छोपी कालो रंगको प्लाष्टिकको झोलामा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ दुई वटा पोका मध्ये एउटा पोका भित्र १ सय ग्राम र अर्को पोकाभित्र १ सय २० ग्राम गरी जम्मा २ सय २० ग्राम फेला परेको हुँदा अन्य गाडीमा सवार सोही स्थानको वडा नं. १३ बस्ने दुई जना क्रमशः वर्ष ३८ को सुधिर कुमार र ४८ को अमित कुमार तथा वडा नं. ०१ बस्ने बर्ष २७ को राजा कुमार (चालक) समेतलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बिहीबार बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    दीपेन्द्र प्रजापति/कालो झोला। वीरगंज, २६, असार । वीरगंज महानगरमा चुलिंदो खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-