खैरो हिरोईन सहित गाडी र चार जना भारतियहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ चैत । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा मातहतका प्रहरी चौकी, इनर्वा बाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुधबार सांझ करिब ०६:३० बजेको समयमा प्रतिवन्धित लागु औषध खैरो हिरोइन सहित चार जना भारतिय र स्कार्पियो आफ्नो नियन्त्रणमा लिएको छ ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बीरगंज महानगरपालिका वडा नं. १६, रजतजयन्ती चोक स्थित सडक खण्ड बाट संयुक्त चेकिङ टोलीले भारत बाट नेपाल तर्फ आउँदै गरेका सवारी साधन तथा पैदल यात्रीहरूलाई नियमित चेक जाँच गर्ने क्रममा लागु औषध मुद्दामा सलंग्न रही वारदात पश्चात फरार प्रतिवादी भारतको विहार राज्य, जिल्ला पुर्वी चम्पारण, थाना रक्सौल वडा नं. १४, मौजे बस्ने वर्ष ३७ को कृष्णा कुमार सवार भइ भारतको रक्सौल बाट वीरगञ्ज तर्फ आउँदै गरेको BR 06 DE 0007 नम्बरको कालो स्कार्पियो गाडीलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त गाडीको पछाडी पट्टीको डिक्की भित्र कार्पेटले छोपी कालो रंगको प्लाष्टिकको झोलामा लुकाइ छिपाई राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ दुई वटा पोका मध्ये एउटा पोका भित्र १ सय ग्राम र अर्को पोकाभित्र १ सय २० ग्राम गरी जम्मा २ सय २० ग्राम फेला परेको हुँदा अन्य गाडीमा सवार सोही स्थानको वडा नं. १३ बस्ने दुई जना क्रमशः वर्ष ३८ को सुधिर कुमार र ४८ को अमित कुमार तथा वडा नं. ०१ बस्ने बर्ष २७ को राजा कुमार (चालक) समेतलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालत बाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बिहीबार बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 35 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 26 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 30 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 29 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 31 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 30 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन