गण्डकीमा नौ मन्त्रालय बनाउने सहमति

गण्डकी । सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले)बीच गण्डकी प्रदेश सरकारमा नौ मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशसभामा काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेका हालको मन्त्रिपरिषद् सात सदस्यीय रहेको छ । 

नयाँ सत्ता समीकरण अनुसार एमाले पनि सरकारमा सहभागी हुने भएपछि मन्त्रालयको सङ्ख्या बढाउने सहमति भएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । “काँग्रेसले मुख्यमन्त्रीसहित पाँच र एमालेले चार मन्त्रालय लिने सहमति भएको छ”, उनले भने, “आगामी आइतबारसम्ममा मन्त्रालयको बाँडफाँड टुङ्गाएर मन्त्रीहरूको शपथ गराउने तयारी भइरहेको छ ।”

कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अझै सहमति हुन सकेको छैन । मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिने नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह लिएर निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङलाईसमेत समेटेर सरकार पुनः गठन गर्ने काँग्रेसले जनाएको छ । 

यसअघि एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री हुँदा मन्त्रालय सङ्ख्या १२ बाट घटाएर सातमा पुर्‍याइएको थियो । अहिले दलहरुबीच मन्त्रालयको बाँडफाँड मिलाउन फेरि मन्त्रालय थप्ने सहमति भएको छ । मन्त्रालयको सङ्ख्या र बाँडफाँडमा सहमति नजुट्दा सङ्घीय सरकार बनेको दुई महिना बित्नलाग्दासमेत गण्डकीमा नयाँ समीकरण अनुसारको सरकार बन्न सकेको थिएन । 

गण्डकी प्रदेशसभामा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले मन्त्रालय थप गर्दा त्यसको औचित्य पुष्टि गर्ने चुनौती भने दलसामु रहेको बताए । उनले संविधानले दिएको अधिकार भन्दैमा धेरै मन्त्रालय बनाउनु उपयुक्त नहुने र त्यसलाई नागरिकले पनि नरुचाउने बताए । 

प्रदेशसभा सदस्य देवकोटा र गुरुङको निर्णायक समर्थनमा मुख्यमन्त्री पाण्डेले गत जेठ २८ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए । मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलका हैसियतमा गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले काँग्रेसका २७, राप्रपाका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३१ प्रदेशसभा सदस्यको समर्थन पाएका थिए। एमालेका २२ र माओवादी केन्द्रका ६ प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मत दिएका थिए ।

त्यसअघि मुख्यमन्त्री बनेका नेकपा(एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाबाट प्राप्त गरेको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक रहेको फैसला गरेपछि पाण्डे पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

 अधिकारीले पाएको विश्वासको मतविरुद्ध दायर भएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । साठी सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेसका २७, एमालेका २२, नेकपा (माओवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।  

  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-