गाँजा र चरेस सहित एक जना भारतिय तथा चरेस सहित एक महिला पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ फागुन । प्रहरी चौकी, ईनर्वा ले बुधबार छुट्टाछुट्टै समयमा प्रतिवन्धित लागु औषध गाँजा र चरेस सहित एक जना भारतिय मानिसलाई तथा चरेस सहित एक जना नेपाली महिलालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

यसै क्रममा उक्त दिन दिउँसो करिब ०२:१५ बजेको समयमा त्यहाँ बाट बीरगंज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले नेपाल बाट भारत तर्फ जाने तथा भारत बाट नेपाल तर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेक जाँच गर्ने क्रममा भारतको वंगाल राज्य, जिल्ला नदिया, थाना बधकुल्ला बजार कोलनी बस्ने वर्ष २८ को राज अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ विना प्लाष्टिकको ६ के. जी. ३ सय ग्राम र प्लाष्टिकले बेरी राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ बिना प्लाष्टिकको २ के. जी.१ सय ग्राम फेला परेको हुँदा बरामद लागु औषध गाँजा जस्तो देखिने पदार्थ र चरेश जस्तो देखिने पदार्थ सहित निज राज अधिकारीलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।

यसै गरि सोही दिन राति करिब ०८:०० बजेको समयमा उल्लेखित स्थान बाटै बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ०२, बुनियाद घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १६, बसपार्कमा घरकोठा भाडामा लिइ बस्ने वर्ष ३० की आरती यादवले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ग्यालेन विनाको ११ के. जी. ४ सय ग्राम फेला परेको हुँदा बरामद लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निज आरती यादवलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको कुरा पनि आजै सूचना अधिकारी भट्ट ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, ३१ असार । बिरगंज स्थित बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा अत्याधुनिक प्रविधियुक्त CT Scan मेसिन आज देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । आधुनिक चिकित्सकीय…

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २८ असार । नेपाली कांग्रेस वडा नं.२१ को बुथ समिति द्वारा पार्टी प्रवेश कार्यक्रम को आयोजना गरेको छ । उक्त कार्यक्रम मा विभिन्न पार्टी प्रत्याग…

    पहिलो

    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    • July 15, 2025
    • 108 views
    बिरगंज न्युरो एण्ड जेनेरल हस्पिटलमा आधुनिक सीटी स्क्यान मेसिन सञ्चालन-

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 144 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 126 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 110 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 123 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 134 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-