गाँजा र चरेस सहित एक जना भारतिय तथा चरेस सहित एक महिला पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०८ फागुन । प्रहरी चौकी, ईनर्वा ले बुधबार छुट्टाछुट्टै समयमा प्रतिवन्धित लागु औषध गाँजा र चरेस सहित एक जना भारतिय मानिसलाई तथा चरेस सहित एक जना नेपाली महिलालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

यसै क्रममा उक्त दिन दिउँसो करिब ०२:१५ बजेको समयमा त्यहाँ बाट बीरगंज महानगरपालिका वडा नं. १६, शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले नेपाल बाट भारत तर्फ जाने तथा भारत बाट नेपाल तर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेक जाँच गर्ने क्रममा भारतको वंगाल राज्य, जिल्ला नदिया, थाना बधकुल्ला बजार कोलनी बस्ने वर्ष २८ को राज अधिकारीले बोकेको क्यामो ब्यागभित्र सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ विना प्लाष्टिकको ६ के. जी. ३ सय ग्राम र प्लाष्टिकले बेरी राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ बिना प्लाष्टिकको २ के. जी.१ सय ग्राम फेला परेको हुँदा बरामद लागु औषध गाँजा जस्तो देखिने पदार्थ र चरेश जस्तो देखिने पदार्थ सहित निज राज अधिकारीलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा आज सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास भट्ट ले बताएका छन् ।

यसै गरि सोही दिन राति करिब ०८:०० बजेको समयमा उल्लेखित स्थान बाटै बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ०२, बुनियाद घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नं. १६, बसपार्कमा घरकोठा भाडामा लिइ बस्ने वर्ष ३० की आरती यादवले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ग्यालेन विनाको ११ के. जी. ४ सय ग्राम फेला परेको हुँदा बरामद लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निज आरती यादवलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको कुरा पनि आजै सूचना अधिकारी भट्ट ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, १२ असार । नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (IOM), काठमाडौंको सहकार्यमा सञ्चालन भएको ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ…

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, १२ असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. श्रीसिया ले बिहीबार वीरगंज महानगरपालिका वडा नं. ०१, छपकैया सीमा ईलाकाबाट भारत बाट अवैध रुपमा…

    पहिलो

    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    • June 26, 2026
    • 83 views
    नेशनल मेडिकल कलेजमा ६ दिने फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ (FDT) सफलतापूर्वक सम्पन्न-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    • June 25, 2026
    • 84 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा द्वारा  रु. १७ लाख ८५ हजार १ सय ७० बराबरको विभिन्न अवैध सामान सहित, सवारी साधन तथा एक जना व्यक्ति पक्राउ-

    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    • June 25, 2026
    • 67 views
    सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्साद्वारा कर्डन यन्ड सर्च अप्रेशन संचालन गरी भारी मात्रामा लागु औषध गाँजा बरामद-

    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    • June 24, 2026
    • 100 views
    बीरगंज महानगरपालिकाको २० औं अधिवेशन भव्य रूपमा सम्पन्न, ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत-

    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    • June 24, 2026
    • 62 views
    सशस्त्र प्रहरी वल नेपाल, पर्सा द्वारा मुल्य रु. २५ लाख भन्दा बढीको पिकअप सहित चौपाया तथा अन्य सामानहरु बरामद-

    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-

    • June 24, 2026
    • 90 views
    परोहा नगरपालिकाको १० औँ नगरसभा भव्य रूपमा सम्पन्न, ४९ करोड ६८ लाख ९७ हजार रुपैयाँको बजेट प्रस्तुत-