नेशनल मेडिकल कलेजमा सप्ताहव्यापी खेलकुद कार्यक्रम शुभारम्भ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगञ्ज, ०८ फागुन । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजले आज बाट आफ्नो वार्षिक सप्ताहव्यापी खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ । कलेजले फागुन ०८ गते देखि १५ गते सम्म सप्ताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरेको हो ।

कलेजको आफ्नै फिल्डमा आयोजित यो कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारीले खेलकुदको महत्वलाई जोड दिँदै विद्यार्थीहरूमा अनुशासन, सहकार्य र स्वास्थ जीवनशैलीको विकास हुने विश्वास व्यक्त गरेका छन् ।

यस प्रतियोगितामा फुटबल, भलिबल, क्रिकेट, टेवलटेनिस, ब्याडमिन्टन, बास्केटबल, बुद्धिचाल (चेस) जस्ता खेलहरू समावेश गरिएको छ । कलेजका भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ताले खेलकुद कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरूकता र अनुशासन सिकाइ रहेको बताए ।

सप्ताहव्यापी खेलकुद कार्यक्रममा एमबिबिएस, बिडिएस, बीएमएलटी, बीएमआईटी र नर्सिङका विद्यार्थीहरूको सहभागिता रहेको छ ।कलेजका प्रिन्सिपल डा. के ऐन सिंहको अध्यक्षतामा सो कार्यक्रममा नेशनल मेडिकल कलेजका एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी, एडमिसन एवं मार्केटिङ डाइरेक्टर आबिद हुसैन अंसारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अंसारी, डाइरेक्टर डा. रुबी अस्मिन्, मेडिकल एजुकेशनका डाइरेक्टर प्रो. डा. ए.के. कौशी, डेन्टलका भइस प्रिन्सिपल प्रो. डा. सरोज देव, नर्सिङका डाइरेक्टर प्रो. गंगा गुरुङ, नर्सिङका भइस प्रिन्सिपल प्रो. डा. बबिता सिंह लगायतका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

समापन समारोहमा विजेताहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कलेजका प्रेस सलाहकार आशिक अंसारीले जानकारी दिएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, ३१ जेठ । नेपाल: भारतीय महावाणिज्य दूतावास, वीरगञ्जले नेपाल-भारत मैत्री संघ (NIFA), पर्सा; नेपाल इनोभेटिभ सोसाइटी, वीरगञ्ज; नेपाल रेडक्रस सोसाइटी, वीरगञ्ज; र नेपाल यंग इन्टरप्रेन्योर्स…

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    दीपेन्द्र प्रजापति/कालो झोला । ललितपुर, ३१ जेठ । ललितपुरको सांस्कृतिक पहिचान प्रवद्र्धन गर्न सञ्चारमाध्यम मार्फत भूमिका निर्वाह गर्ने सात जना पत्रकारलाई ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले पहिलो पटक सुशासन पत्रकारिता…

    पहिलो

    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    • June 14, 2026
    • 39 views
    विश्व रक्तदाता दिवस २०२६ को अवसरमा वीरगञ्जमा बृहत रक्तदान शिविरको आयोजना-

    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    • June 14, 2026
    • 78 views
    सम्पदा संरक्षणमा आवाज बनेका पत्रकारहरुहरुलाई सम्मान-

    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    • June 14, 2026
    • 56 views
    पर्सामा भारी मात्रामा लागू औषध गाँजा बरामद-

    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    • June 13, 2026
    • 85 views
    “स्वास्थ्य बुढ्यौलीका लागि योग” भने मूल नाराको साथ अंतर्राष्ट्रीय योग दिवस २०२६ आज देखि शुरु-

    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    • June 12, 2026
    • 79 views
    अवैध सालको काठ सहित तस्करी नियन्त्रणमा : पटेर्वा सुगौली प्रहरीको सक्रियता, वन संरक्षण अभियानमा बहुपक्षीय सहकार्य-

    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-

    • June 10, 2026
    • 132 views
    सशस्त्र प्रहरी वल, नेपाल पर्सा द्वारा लाखौं मूल्य बराबरको प्रतिवन्धित ब्रोईलर कुखुराको चल्ला नष्ट-